सम्मर घर्ति बचाउन सक्रिय न्यू स्टार यूवा क्लव

म्याग्दी । म्याग्दीको मंगला गाउँपालका ३ बरंजाका जटिल रोगबाट ग्रसित बिरामीको उपचारमा स्थानीय न्यू स्टार यूवा क्लव सक्रिय भएको छ ।

विगत १ बर्षदेखि क्षयरोग, फोक्सोमा पानी जमेको र टाउकोमा रगत जमेको अवस्थामा भेटाएका कजेलीगैराका ५७ बर्षीय सम्मर बहादुर घर्तीको उपचारका लागि क्लवले सहयोग अभियान सञ्चालन गरेको छ ।

बेवारिसे अवस्थामा रहेका घर्तीको उपचारमा क्लवले स्वदेश तथा विदेशबाट ४ लाखभन्दा बढी आर्थिक संकलन गरेको क्लवका कोषाध्यक्ष गणेश केसीले बताउनुभयो ।

उहाँका अनुसार पीडितको घरमा कोही नभएको अवस्थामा जटिल रोगले ग्रसित भएको खवर पाए संगै क्लवले अभियान सञ्चालन गरेको थियो ।

अभियानमार्फत संकलन भएको रकमले पीडितको उपचार भइरहेको छ । उहाँको उपचारपछि रकम बचत भएमा वडाभित्रका विपन्न असहाय र आर्थिक अभावका कारण उपचारमा समस्या भएकालाई सहयोग गर्ने गरी कोष स्थापना गरिने क्लवले जनाएको छ ।

खर्कको जनप्रिय आधारभुत बिद्यालय र प्र.अ याम प्रसाद घर्तीले पनि सहयोग गर्नु भएको आर्थिक संयोजक टेक खड्काले जानकारी दिनुभयो ।

पीडितको हाल गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको छ । थप आर्थिक सहयोगको आवश्यकता रहेको क्लबका अध्यक्ष राजु थापाले बताउनु भयो ।

 

 

You can share this post!

अन्नपूर्णको कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार निर्विरोध

आफ्नै खर्चमा डाक्टर र ईञ्जिनियर पढाउने धवलागिरीको निर्णय

Related posts