म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा ६ वटा वडाको मतगणना सकिएको छ । ६ वडाको ७ हजार ९ सय ७५ मत गणना गर्दा नेकपा एमालेका अध्यक्षका उम्मेदवार बेग प्रसाद गर्वुजाले २६४४ मत प्राप्त गर्नुभएको छ ।
नेपाली काँग्रेसका श्री प्रसाद रोकाले २८७३ र नेकपा माओवादीका रेशम जुग्जालीले १७२५ मत लिनुभएको छ । त्यस्तै उपाध्यक्षमा एमालेका लक्ष्मी पुनले २७३७, काँग्रेसका पिपला बुढाले ३०२४ र माओवादीका गौरी सेन्चुरीले १४०५ प्राप्त गर्नुभएको छ ।
प्राप्त मत अनुसार काँग्रेसका रोका एमालेका गर्वुजा भन्दा २२९ मतले अगाडि देखिनुभएको छ भने उपाध्यक्षमा काँग्रेसका बुढा एमालेका पुन भन्दा २८७ मतले अगाडि हुनुहुन्छ ।
मालिकामा अव एउटामात्रै वडा नम्वर ७ विमको मत गन्न बाँकी रहको छ । विममा ९७१ मत खसेको छ । विम गर्वुजा र जुग्जालीको जन्म गाउँभएकाले दुईविच टक्कर हुने सम्भावना देखिएको छ । गर्वुजा र रोका विच झिनो मतान्तरले हारजित हुने आँकल गर्न सकिन्छ ।