युवा व्यवसायी श्रेष्ठद्धारा जन्मदिनमा बालगृहका बालबालिकालाई सहयोग

म्याग्दी । बेनी नगरपालिका–७ संगमचोक निवासी सफल ब्यवसायी सुविन श्रेष्ठले जन्मदिनको अवसरमा बेनीमा सञ्चालीत बालगृहमा रहेका ११ जना बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ ।

जन्मदिनमा हुने फजुल खर्चलाई कटौति गरि उहाँले बैशाख १३ गते परेको जन्म दिन बालबालिकालाई सहयोग गर्दै मनाउनुभएको हो ।

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष,म्याग्दी जेसीज,लायन्स कल्व अफ बेनी सिटीका पूर्व अध्यक्ष,नेपाल बाल संगठन म्याग्दीका पूर्व सचिव एवं बिभिन्न सामाजिक संघ संस्थामा सक्रिय श्रेष्ठले नगद एघार हजार ५४१ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको बालगृहले जनाएको छ ।

नेपाल बाल संगठनमा तत्कालिन समयमा सचिव हुँदा देखिनै बालगृहमा रहेका बालबालिकाहरुको लागि लामो समय देखि नेपालीहरुको ठूलो चाड दशै र आफ्नो जन्मदिनमा बर्षै पिच्छे सधैं बालबालिकाहरुलाई हौसला प्रदान गर्दै नियमित सहयोग गदै आएको श्रेष्ठको भनाई छ ।

जिल्लाकै पुरानो र स्थापित व्यवसायी श्रेष्ठ परिवारले बिभिन्न समयमा बिद्यालय,बृद्धाश्रम र बिभिन्न सामाजिक संघ संस्थालाई सहयोग प्रदान गर्दै आईरहनु भएको छ ।

You can share this post!

रघुगंगामा कांग्रेसका अध्यक्ष उम्मेदवार भण्डारी विरुद्ध उजुरी

जनताको विश्वास एमाले मै छः नेता श्रेष्ठ

Related posts