म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम बाट पोखरामा रहेको गण्डकी अस्पतालमा उचारका लागि गएका ८६ बर्षिए एक वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाथ्य कार्यालय म्याग्दीका प्रमुख एक नारायण लम्सालका अनुसार १५ दिन अगाडि काठमाडौं बाट गाउँमा फर्किएका उनलाइ विरामि भए पछि गत २६ गते उपचारका लागि पाेखरा लगिएकाे थियाे । पोखरामा रहेको गण्डकी अस्पतालमा स्वाभ परिक्षण गर्दा कोरोना पुष्टि भएको कुरा साँचाे हाे अन्य थप विवरण आउन बाँकि छ लम्सालले बताउनु भयो ।