मुनामा एमालेबाट मदन मल्ल वडा अध्यक्षको उम्मेदवार

म्याग्दी । नेकपा एमालेले धवलागिरी गाउँपालिका ३ मुनाको वडा अध्यक्षमा मदन मल्ललाई उम्मेदवार बनाएको छ ।
सोमबार मुनामा सम्पन्न वडा कमिटीको बैठकले नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् मुनाका ईन्चार्ज मदन मल्ललाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाएको हो ।

मल्ल धवलागिरी गाउँपालिका ३ फलियागाउँ निवासी हुनुहुन्छ । मुनामा सफल युवा व्यवसायीको तथा समाजसेवीको समेत पहिचान बनाउनुभएका मल्ल युवाहरुमाझ लोकप्रीय नेता हुनुहुन्छ ।

परोपकारी मनका साथ सामाजिक गतिविधिमा सक्रिय युवा नेता मल्ल मुनामा पार्टीको संगठन निर्माण तथा राजनैतिक गतिविधिमा पनि क्रियाशिल हुनुहुन्छ । सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवारमा चयन हुनुभएका मल्लले मुनाको विकासमा नयाँ भिजनका साथ आफु अगाडि सरेको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, युवा रोजगार, दलित जनजाति तथा महिलाहरुको विकासमा नयाँ ढंगले काम गर्ने सोँच बनाएको मल्लले बताउनुभयो । सामाजिक परिवर्तनका लागि मेरो उम्मेदवारी हो, मल्लले भन्नुभयो “मुनाका सम्भावनाहरुको उजागर गरि दीर्घ विकासका लक्ष र उद्देश्यहरु वोकेर आएको छु मुनाबासीहरुको अवश्य साथ मिल्ने छ” ।

मल्लले आफुलाई भोटगरि बिजयी गराउन समेत समस्त मुनाबासीहरुलाई अपिल गर्नुभएको छ । वडा सदस्यहरुको उम्मेदवार पनि छिट्टै टुङगो लगाई भोट माग्न जनताको घरदैलोमा पुग्ने मल्लले बताउनुभएको छ ।

You can share this post!

अन्नपूर्णको सात वडामा एमालेले टुङगो लगायो वडा अध्यक्षको उम्मेदवार

म्याग्दीमा निःशुल्क मुटुरोग शिविर संचालन हुने

Related posts