जनप्रिय माविको सुविधासम्पन्न १६ कोठे भवनको शिलन्यास

म्याग्दीको मालिका गाउँपालिका ६, दरबाङमा रहेको जनप्रिय माविको सुविधासम्पन्न १६ कोठे भवनको शिलन्यास गरिएको छ । गोर्खा वयलफेयर संस्थाको आर्थिक तथा विद्यालयको जनश्रमदानमा छ्यारछ्यारेमा निर्माणधिन भवनको शुक्रबार एक समारोहका बिच गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमायाँ विटालुले शिलन्यास गर्नुभएको हो ।

शिलन्यास समारोहमा गाउँपालिका अध्यक्ष रोकाले पश्चिम क्षेत्रमै शैक्षिक गन्तब्य दरबाङलाई बनाउन भविस्यमा क्याम्पस तहको शिक्षाका लागि समेत आवश्यक संरचनामा गाउँपालिकाले सहजीकरण गर्ने बताउनुभयो । छ्यारछ्यारेमा विद्यालयको भवन सहित खेलमैदानका लागि समेत आवश्यक जग्गा ब्यवस्थापनमा गाउँपालिकाले सघाउने अध्यक्ष रोकाको भनाई छ ।

सोही अवसरमा उपाध्यक्ष खरमायाँ बिटालुले भौतिक संरचना सहित शैक्षिक गुणस्तरका सूचकमा समेत प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । शिलन्यास कार्यक्रममा वडा नं ६ का अध्यक्ष सन्तनाथ सुबेदी, गाउँपालिका शिक्षा अधिकृत अशोक रिजाल, गोर्खा वयलफेयर संस्थाका सुपरभाईजर डम्बर थापा,दरबाङका सरोकारवाला निकायका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

दुई करोड ८६ लाख लागत अनुमान गरिएको भवन निर्माण गर्न गोर्खा वयलफेयरले ९० प्रतिशत सहयोग र विद्यालयले बाँकी आन्तरिक तथा श्रमदानबाट गर्ने गरी सम्झौतामा भवनको काम भइरहेको विद्यालयका प्रअ दिवाकर सुबेदीले जानकारी दिनुभयो । सोही स्थानमा ८ कोठे भवनको निर्माण सम्पन्न भइसकेको अवस्थामा नयाँ भवनमा आधारभुत तहदेखि कक्षा १२ सम्मको नियमित पठनपाठन हुने छ ।

विद्यालयको भवनका लागि मालिका–५,देविस्थानका क्या।जितबहादुर घर्तीले सहजीकरण गर्नुभएको थियो । भवन शिलन्यास कार्यक्रमको अध्यक्षता विब्यस अध्यक्ष गौमति चापागाईले गर्नुभएको थियो । शिलन्यास कार्यक्रममा गोर्खा वयलफेयर संस्था समुदायस्तरबाटै धन्यवाद दिदैं तोकिएको समयमा मापदण्ड अनुसारको संरचना बनाउन प्रतिबद्धता समेत जनाइएको थियो ।

You can share this post!

रघुगंगाको ११ औँ गाउँसभा थप बजेट बिनियोजन, संस्था दर्ता बिधेयक पारित 

सामाजिक कुरिती, दुर्व्यसन एवं हानिकारक अभ्यास विरुद्धको अभियानः समुदायमा सचेतना जगाउनुपर्नेमा सरोकारवालाको जोड

Related posts