एमालेबाट मंगलाको अध्यक्षमा सतप्रसाद रोकाको उम्मेदवारी

म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिकाको अध्यक्षमा हालकै अध्यक्ष सतप्रसाद रोकालाई दोहो¥याउने भएको छ ।

आइतवार गाउँपालिकाको केन्द्र बाबियाचौरमा बसेको पालिका कमिटीको बैठकले रोकालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवारी बनाउने निर्णय गरेको पालिका कमिटीका सचिव चिरञ्जीवि शर्माले जानकारी दिनुभयो ।

रोका मंगला गाउँपालिका ३ सातविसे निवासी हुनुहुन्छ । रोका २०७४ सालको स्थानीय तहको निर्वाचनमा लोकप्रीय मत प्राप्त गरि पालिकाको अध्यक्षमा बिजयी हुनुभएको थियो । मंगलाको शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माण तथा सामाजिक क्षेत्रहरुमा जनभावना अनुसारको काम गरि जनतामाझ लोकप्रीय बन्नु भएको रोका समृद्ध मंगला निर्माण गर्ने अभियानमा निरन्तर लागिरहनुभएको छ ।

पालिका कमिटीले सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरेपछि रोकाले पार्टी दिएको जिम्मेवारीलाई सहज रुपमा स्वीकार गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा आफु सहित एमालेका सवै उम्मेदवारलाई जिताउनका लागि चुनावी योजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ ।
‘मंगलामा सवैपक्षलाई समेटेर काम गर्दै ५ बर्ष बिताएको छु, अवको ५ बर्षपनि जनताकै साथी बनेर समृद्ध मंगलाको परिकल्पनालाई साकार पार्नका लागि बाँकी रहेका कामहरुलाई सिलासिलाबद्ध तरिकाले सम्पन्न गर्ने योजना बनाएर जनमतका लागि अघि सरेको छु ’, रोकाले भन्नुभयो ।

उपाध्यक्षको उम्मेदवारीमा भने हालकै उपाध्यक्ष सृजना केसी र पालिका कमिटी उपाध्यक्ष पेमा अधिकारीको दावि रहेकाले टुङगो लगाईएको छैन । त्यस्तै मंगलाका ३ र ४ वडा बरंजाको वडा अध्यक्षको उम्मेदवार पनि सर्वसहमतिबाट चयन गरिएको छ । मंगला ३ मा हालकै वडा अध्यक्ष कविन्द्र रोकालाई अध्यक्षको उम्मेदवार बनाइएको छ भने वडा नं ४ मा थमप्रसाद रोकालाई उम्मेदवार चयन गरिएको पालिका कमिटी उपसचिव दर्पण रोकाले जानकारी दिनुभयो ।

मंगला १ कुँहुमा भने यसअघिनै वडा कमिटी अध्यक्ष एकजित रोकालाई अध्यक्षको उम्मेदवार बनाईएको छ । वडा नं २ र ५ मा पनि यथाशिघ्र उम्मेदवार चयन गरि चुनावी प्रचारको अभियान संचालन गरिने नेकपा एमाले मंगला गाउँपालिका कमिटीले जनाएको छ । अन्य दलहरुले भने मंगलामा अझै सम्म पनि उम्मेदवारको टुङगो लगाएका छैनन् ।

You can share this post!

सकियो छन्त्याल संघको सातौँ महाधिवेशनः अध्यक्षमा मनमोहन छन्त्याल निर्वाचित

ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पाँच दलका शिर्ष नेताहरुको आग्रह

Related posts