सकियो छन्त्याल संघको सातौँ महाधिवेशनः अध्यक्षमा मनमोहन छन्त्याल निर्वाचित

म्याग्दी । नेपाल छन्त्याल संघको अध्यक्षमा मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित हुनुभएको छ । आइतवार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न संघको ७ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः छन्त्याल निर्वाचित हुनुभएको हो ।

मतदान मार्फत उहाँले २ सय ४ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका प्रत्यासी गजेन्द्र छन्त्यालले ११२ मत ल्याउनुभएको निर्वाचत समितिका संयोजक चित्र घरब्जा छन्त्यालले जानकारी दिनुभयो । महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा मनमायाँ छन्त्यालले १ सय ८५ प्राप्त गरी निर्वाचित हुनुभएको छ । बरिष्ठ उपाध्यक्षका प्रत्यासी पदम डाँडामारे छन्त्यालले ७७ र र देबप्रसाद घरब्जा छन्त्यालले ३७ मत प्राप्त गर्नुभएको छ ।

महाधिवेशनमा अध्यक्ष ,वरिष्ठ उपाध्यक्ष र तीन खुल्ला सदस्यहरु मतदान भएकोमा श्याम पाल्ताङे छन्त्याल, नरेन्द्र कुमार छन्त्याल र घनसा छन्त्याल विजय हुनुभएको छ । कुल खसेको मतमध्ये १० मत बदर भएको थियो ।

महाधिवेशनबाट खुला उपाध्यक्षमा हरिचन छन्त्याल, महिला उपाध्यक्षमा यमुना छन्त्याल, उपाध्यक्ष गण्डकी प्रदेशमा खिमबहादुर छन्त्याल, उपाध्यक्ष लुम्बीनी प्रदेशमा लाकेप्रसाद छन्त्याल, प्रदेश नम्बर ३ मा चक्रबहादुर (भरत ) घरब्जा छन्त्याल, महासचिबमा कृष्ण बहादुर छन्त्याल, कोषाध्यक्षमा शिबप्रसाद छन्त्याल, उपमहासचिबमा घनबहादुर छन्त्याल, सहकोषाध्यक्षमा यमबहादुर छन्त्याल, सचिबमा समप्रसाद छन्त्याल र महिला सचिबमा थममायाँ छन्त्याल सर्वसम्मत हुनुभएको थियो ।

=अध्यक्षमा निर्वाचित मनमोहन बुढाथोकी छन्त्यालले आफ्नो अधिल्लो कार्यकालमा अधुरा रहेका केही योजनाहरु पुरा गर्ने बताउनुभएको छ । महाधिवेशनले ३२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको जनाइएको छ । शुक्रबारदेखि सुरु भएको महाधिवेशन आइतबार सम्पन्न भएको हो ।

You can share this post!

सुमीको “शिरिरी“ सार्वजनिक (भिडियो सहित)

एमालेबाट मंगलाको अध्यक्षमा सतप्रसाद रोकाको उम्मेदवारी

Related posts