मोना नागोयाको अध्यक्षमा राम बहादुर किसान चयन

म्याग्दीबाट अध्ययन तथा रोजगारीको शिलशिलामा जापानको नागोयामा पुगेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रबाशी नेपाली संघ नागोयाको अध्यक्षमा राम बहादुर किसान चयन हुनुभएको छ । आइतबार भर्चुअल माध्यम मार्फत सम्पन्न दोस्रो साधारण सभाबाट मोना जापनको क्षेत्रिय समिती नागोयाको अध्यक्षमा किसानलाई चयन गरिएको हो । समितीको उपाध्यक्षमा रमेश विश्वकर्मा, हेमन राना, सचिव सागर थापा बगाले, सह–सचिव भरत केसी, कोषाध्यक्ष मुना पुर्जा कार्की, सह–कोषाध्यक्ष जिबन घर्ती चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा लोक प्रसाद गौचन, अनुपम केसी, तेजिन्द्र घर्ती, भिम प्रसाद बुढाथोकी, लेशन तिलिजा, दुर्गा राना, तेजिन पुन, प्रकास हमाल, संगिता पुन, बेल प्रसाद तुलाचन, बाबुराम खाती, पुर्ण थजाली र विमल घिमीरे रहनु भएको छ ।
साभारण सभा बाट समितीको सल्लाहकारहरुमा दिपक कार्की, टक बहादुर पुन, गम्भीर सिउथानी र संरक्षकमा समितीका संस्थापक अध्यक्ष रुपेश चोचाङ्गी पुनलाई चयन गरीएको सचिव सागर थापाले जानकारी दिनुभयो ।

You can share this post!

पर्वतको चुवामा प्रसारण लाइनको टावर ढल्यो, ६८.२ मेगावाट विद्युत प्रणाली बाहिर

नेतृत्वले आम नागरिकको समस्याहरुको समाधान गर्न सक्नुपर्छ– एमाले नेतृ पुन

Related posts