दोहोरी च्याम्पियनमा म्याग्देली चेली शोभा कार्कीको समुहलाइ जिताउन भोटको अपिल

प्रतिस्पर्धा दोहोरीको, संरक्षण संस्कृतिको भन्ने मुल नाराका साथानेपाल टेलिभिजनबाट साप्ताहिक रुपमा प्रसारण हुँदै आएको प्रत्यक्ष दोहोरी गीत प्रतियोगीता दोहोरी च्याम्पिएनमा सहभागी म्याग्दी राखुकी शोभा कार्की र बाग्लुङका बालचन्द्र बरालको समुहले भोटको अपिल गर्नु भएको छ ।

दोहोरी च्याम्पिएनमा शनिबार बेलुकी उत्कृष्ट १६ समुह भित्रको प्रतिस्पर्धामा गीत प्रस्तुत गरेपश्चात उहाँहरुको भोटिङ सुरु भएको हो । उत्कृष्ट ८ मा प्रवेश गर्नका लागि आफुहरुलाइ भोटको आबश्यकता परेकोले देश बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुलाइ भोट गर्न अनुरोध गरिएको गायीका शोभा कार्कीले बताउनुभयो ।

म्याग्दी जिल्लाको रघुगंगा गाउँपालीका २ भगवतीका शोभा कार्की प्रत्यक्ष दोहोरीको क्षेत्रमा प्रभाबशाली गायीकाको रुपमा परिचित हुनुहुन्छ । कार्कीले थुप्रै राष्ट्रिय स्तरका दोहोरी प्रतियोगीताहरुमा पनि सफलता हात परिसक्नु भएको छ । “म यो प्रतियोगीता जितेर म्याग्दीको शिर उच्च राख्न चहान्छु तर यो समय मलाइ भोटको धेरै आबश्यकता छ” गायीका कार्कीले भन्नुभयो, “तपाईको १ भोटको गुन म मेरो उत्कृष्ट कला र गलाले तिर्नेछु ”
दोहोरी च्याम्पिएनको शनिबारको श्रृखलामा पनि उत्कृष्ट गीत प्रस्तुत गरेका कार्की र बरालले भोटबाट उत्कृष्ट ८ मा पर्न सके अगाडीका प्रतियोगीताहरुमा अझ राम्रो दोहोरी प्रस्तुत गर्ने बताएका छन ।

यो समुहलाइ नेपाल टेलिभिजनको एप्स डाउनलोड गरेर धेरै भन्दा धेरै भोट गर्न सकिन्छ । त्यसैगरि मोबाइलको म्यासेज बक्समा गइ उहाँहरुको भोटिङकोड म्ऋ १६ लेखेर ३३००१ मा एसएमएस गर्न सकिने छ । दोहोरी च्याम्पिएनमा कार्की र बरालको समुहलाइ जितका लागि दाबेदार समुहको रुपमा हेरिएको छ ।

You can share this post!

बेनी नगरपालिकामा विवेक हमालको नेतृत्वमा युवा संघ र सिद्धार्थ शाक्यको नेतृत्वमा युथ फोर्स गठन

कोभिडले सुनसान उपल्लो मुस्ताङमा देखिन थाले आन्तरिक पर्यटक

Related posts