एमाले एउटा संकल्प बोकेर हिडेको पार्टी हो, थाक्दैन पनि गल्दैन पनि: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने पार्टी नेकपा एमाले मात्रै भएको बताएका छन् । एमालेको विद्यार्थी संगठनले आयोजना गरेको अखिल साँझमा सम्बोधन गर्दै ओलीले लोकतन्त्रको रक्षा गर्दै राष्ट्रियतालाई जोगाउने पार्टी एमाले मात्रै भएको बताएका हुन् ।

उनले राष्ट्रियता र लोकतन्त्र वा अन्य जुनसुकै सवाल भएपनि एमाले हुँदासम्म धन्दा नमान्न सबैलाई आग्रह समेत गरेका छन् । सम्बोधनका क्रममा अध्यक्ष ओलीले भने, ‘कसैले पोहोर साल राष्ट्रियता के होला रु लोकतन्त्र के होला रु भन्दा मैले एउटा गीत बनाएको थिए । धन्दा नमान नेकपा एमाले यहाँ छदैँछ । एमाले यहाँ छ त्यसैले धन्दा मान्नु पर्दैन राष्ट्रियताको सवाल होस जुनसुकै सवाल होस ।’

अध्यक्ष ओलीले राष्ट्रियताको पहरेदलारका रुपमा नेकपा एमालेले बोलीबाट मात्रै नभएर कामबाट अघि बढ्ने बताए । उनले लोकतान्त्रको सन्दर्भमा लडेर यो अभियानके नेतृत्व गरेर रक्षा गर्दै अगाडी बढ्ने पनि बताए ।

ओलीले आफ्नो पार्टी समृद्धि र सुशासनको यात्रामा अगाडी बढीरहेको उल्लेख गर्दै जनताका सम्पूर्ण समस्या समाधान हुने गरी काम गर्ने पनि बताए । उनले राजनीतिक क्षेत्रबाट मात्रै नभएर सामाजिक र सांस्कृतिक क्षेत्रबाट पनि आफूहरु अगाडी बढीरहेको बताए ।

उनले भने, ‘राजनीतिक क्षेत्रबाट मात्रे नभएर सांस्कृतिक, सामाजिक क्षेत्रमा हामी अगाडी बढीरहेका छौं । हरेक क्षेत्रमा नेकपा एमाले अगाडी छ । यसका संगठनहरु अगाडी छन् । कार्यकर्ता अगाडी छन् । एमाले एउटा संकल्पमा हिडेको पार्टी हुनाले नथाक्ने खालको नगल्ने खालको पार्टी छ । त्यसैले यो त्यही उत्साहका साथ अगाडी बढ्छ ।

You can share this post!

मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चार माध्यमलाई कारबाही हुन्छः अध्यक्ष हुमागाईं

मूल्यवृद्धि अन्तर्राष्ट्रिय कारण

Related posts