मुस्ताङबाट जम्मा २ हजार ९ सय ४ च्याङ्ग्रा बाहिरिए मुल्य भने छोइ नसक्नु

विश्वव्यापी रुपमा माहामारीको रुप लिइ रहेको कोरोना भाइरसका कारण यस बर्ष मुस्ताङबाट हाल सम्म जम्मा २ हजार ९ सय ४ च्याङ्ग्रा बाहिरीएका छन् । गत बर्ष २३ हजार भन्दा बढी च्याङ्ग्रा मात्रै बाहिरीएको मुस्ताङबाट यस बर्ष हाल सम्म २ हजार ९ सय ४ च्याङ्ग्रा ५ सय भेडा र २ सय ४१ बाख्रा गरेर जम्मा ३ हजार ६ सय ४५ वटा भेडा, बाख्रा र च्याङ्ग्रा बाहीरीएको घाँसा स्थित प्रहरी चौकीले जनाएको छ ।
मुस्ताङमा दसैं लक्षित भेडा (च्याङ्ग्रा खरिदर बिक्रीको व्यापार गत बुधबारदेखि बढ्न थालेको थियो । कोरोना माहामारीका कारण उत्तरी कारलानाकाबाट तिब्बती भेडारच्याङ्ग्रा नआएपछि मुस्ताङका पशुपालक किसानले पालेको स्थानीय भेडारच्याङ्ग्रा मात्रै बाहिरीएका हुन ।
उपल्लो मुस्ताङका विभिन्न ग्रामिण भेगमा पालन गरिएका भेडा—च्याङ्ग्रा स्थानीयले जोमसोम ल्याएर व्यापारीलाई बिक्री गर्दै आइरहेकोमा यसवर्ष भने व्यापारीहरु नै च्याङ्ग्रा नपाए पछी पशुपालकको खोरमा पुगेर खरित्ने गरेका छन् । च्याङ्ग्रा बजारमा माग अनुसार पाउन नसकेपछि व्यापारी हरु विच नै प्रतिस्प्रर्धा बढेको छ ।
गत वर्ष १९ हजारमा रोजा च्याङ्ग्रा खरिद गरेको भएपनि यसवर्ष व्यापारीहरुले २५ देखि ३० हजार सम्म एउटा च्याङ्ग्राको मुल्यमा खोरमा नै पुगेर खरिद गर्ने गरेको जोमसोमका स्थानीय पशुपालक किसान भुपेन्द्र शेरचनले बताउनु भयो । यसवर्ष तिब्बतबाट भेडा(च्याङग्रा नआएकाले मुस्ताङमा च्याङ्ग्राको मुल्य महंगिएको उहाँले बताउनु भयो । हिमाली जिल्लाको चिसो हावापानीमा हुर्काइएको भेडा—च्याङ्ग्राको मासु स्वास्थ्य प्रर्वधक र स्वादिलो मानिन्छ । हिमाली लेकमा पालन गरिएका भेडा—च्याङ्ग्रा लगायतका चौपायाले हिमाली वन्य जटिबुटी सेवन गर्ने भएकाले स्वादिलो र स्वास्थ्य उपयोगी मानिएको हो ।
यसवर्ष किसानले कोरोना कहरकै कारण पशुपालकले भेडा—च्याङग्राको सुहाउँदो मुल्य पाएको मुस्ताङका पत्रकार एस.के थकाली ले बताउनु भयो ।’ गत वर्ष जोमसोममै खरिद बिक्री गर्ने प्रचलनले बिचौलियाले नाफा खाने चलन थियो ,तर यस वर्ष व्यापारी किसानको खोरमै पुगेकाले बिचौलियाले खाने नाफा किसानले नै पाएको पत्रकार थकालीले बताउनु भयो ।
तस्बिरः अन्नपुर्ण पाेष्ट

You can share this post!

२४ घण्टामा ५ हजार भन्दा बढी कोभिड-१९ को संक्रमण पुष्टि, १४ काे मृत्यु

म्याग्दीका होटल तथा रेष्टुरेन्टमा राेजगारीमा रहेका करीब एक हजार युवाले रोजगारी गुमाए

Related posts