म्याग्दीबाट प्रतिनिधि सभामा ९ र प्रदेश सभामा ११ जनाको उम्मेदवारी दर्ता

म्याग्दी । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा म्याग्दीबाट ९ जनाले प्रतिनिधि सभा र ११ जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका छन् ।

आईतबार बिहान १० बजे देखि ५ बजे सम्म प्रतिनिधिसभामा नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सभापति खमबहादुर गर्वुजा (खमविर), राष्ट्रिय प्रजातन्त्र पाटीका जगतप्रसाद गौचन, मंगोल नेशलन अग्रनाईजेशनका ओमराज मगर, राष्ट्रिय स्वतन्त्र पाटीका हरि बहादुर खत्री क्षेत्री, स्वतन्त्र तर्फबाट खिलबहादुर बरुवाल, नविन जिसी र विनोद भट्टचनले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

त्यस्तै प्रदेश सभा (क) मा नेकपा एमालेबाट जिल्ला कमिटी अध्यक्ष देवेन्द्र बहादुर कटुवाल, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी, राप्रपाबाट प्रविन शाही, मंगोल नेशनल अग्रनाईजेशनका दिपक पुन, स्वतन्त्रतर्फका नेत्रबहादुर महत र दुध गिरीले उम्मेदवारी दर्ता गरेका छन ।

प्रदेश सभा (ख) मा नेकपा एमालेका याम गर्वुजा, गठबन्धनबाट नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुविन जुग्जाली, राप्रपाकी मिठुकुमारी थापा मंगोल नेशनल अग्रनाईजेशनका जिल्ला अध्यक्ष डेगबहादुर पुन (डिके) र स्वतन्त्रर्फ देविन्द्र फगामीले उम्मेदवारी दर्ता गराएका छन ।

 

You can share this post!

मोना कतारद्वारा सामुहिक दसैँ टीका कार्यक्रम

अर्थुङ्गे युवा क्लवको आयोजनामा छैठौ अर्थुङ्गे कप फुटवल प्रतियोगिता सुरु,

Related posts