माओबादी गण्डकी प्रदेश सहसचिवमा म्याग्दीका टेकबहादुर  निर्वाचित

नेकपा माओबादी केन्द्र गण्डकी प्रदेश समितिको सहसचिवमा म्याग्दीका टेकबहादुर विक निर्वाचित हुनुभएको छ । बुधवार पोखरामा भएको निर्वाचनमा विक १०८ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

यसैगरी उपाध्यक्षमा ज्ञामनाथ गैरे ‘अनिल’ बिजयी हुनु भएको छ । गैरे पार्टीको बागलुङ समन्वय समितिका संयोजक हुनुहुन्छ । पर्बतका गुणाखर बस्यालले १२० मत, बागलुङका गैरेले ९३ मत तथा नवलपुरका मित्रशरण शर्माले ९० मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

प्रदेश सचिवमा १०० मतका साथ गोरखाका जगन्नाथ खनाल निर्वाचित हुनुभएको छ । सह–सचिवमा तनहुंका अतिन्द्रकेशरी न्यौपाने ११३ मत र लमजुङका मेघ बहादुर भण्डारीले १०४ मत प्राप्त प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

कोषाध्यक्षमा स्याङ्जाका तारा भुसालले ११९ मत प्राप्त गरी बिजयी हुनुभएको माओवादी केन्द्रले जनाएको छ । दुई महिना अघि भएको प्रदेश अधिवेशनले अध्यक्ष सर्वसम्मत रुपमा चयन गरेको थियो । भने ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव र १ कोषाध्यक्ष पदका लागि सर्वसम्मत नभएपछि मतदानबाट टुंगो लगाइएको हो ।

You can share this post!

बुढेसकालमा सहारा विहिन ९६ वषिय थापा दम्पत्ति

जिफन्ट बेनी नगर कमिटीको प्रथम अधिवेशन, अध्यक्षमा राजकुमाई राई चयन

Related posts