सरस्वती आधारभूतमा डेढ लाखको अक्षयकोष

बेनी नगरपालिका–२ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा बेल्जियममा रहेका म्याग्देलीले डेढ लाखको अक्षय कोष स्थापना गरेका छन् । मोना बेल्जियमले शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानामार्फत विद्यालयमा सहयोग हस्तान्तरण गरेको हो ।

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको संयोजनमा आयोजित कार्यक्रममा बोल्दै प्रजिअ रानाले समुदायको सक्रियताले नै विद्यालयको शैक्षिक र भौतिक विकास हुने बताउनुभयो । उहाँले सिमित स्रोतसाधन बाहेक विद्यालयमा समुदायको ठूलो लगानी रहेको बताउनुभयो ।

त्यस्तै ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले कोषमार्फत विपन्नको उपचार बाहेक विभिन्न सामाजिक एवम् मानवीय सेवामा समेत साथ र सहयोग रहेको बताउनुभयो । त्यस्तै विद्यालयका सल्लाहकार चन्द्रबहादुर घिमिरेले सदरमुकाम बेनीमा विद्यालयमा विद्यार्थीको चाप बढेपछि भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षाको अभियानमार्फत विद्यालयमा मावि तहको कक्षा सञ्चालन गर्न समुदाय एकजुट भएको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा आर्थिक संकलन अभियानका संयोजक कृष्ण थापा लगायत स्थानीयबासीको उपस्थिती रहेको थियो । सोही अवसरमा दश हजारको स्टेशनरी साम्रागी समेत हस्तान्तरण गरिएको थियो । मोना बेल्जियमका अध्यक्ष रकेन्द घिमिरेले यो दोस्रो अक्षय कोष भएको बताउनुभएको छ । उहाँले यसअगाडी पाउद्धार माविमा समेत स्वर्गीय होमप्रसाद तिलिजा (डिपिन) को स्मृतिमा १ लाख ५० हजारको अक्षय कोष स्थापना गरिएको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर रिजालको अध्यक्षता, प्रधानाध्यापक छेमप्रसाद पुनको स्वागत र शिक्षिका घनदेबी घर्तीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बि.स २०४२ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा ७ सम्म पढाइ हुँदै आएको छ भने १०२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा अधिकांस मजदुरीका लागि बिभिन्न स्थानबाट आएका र आर्थिक अभावकै कारण अलपत्र परेका बालकालिका अध्ययनरत रहेका बिद्यालयले जनाएको छ ।

You can share this post!

ताकममा एमालेको प्रशिक्षण

निर्वाचनको तयारी, प्रशिक्षणमा जुट्यो एमाले

Related posts