म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका ७ ताकममा नेकपा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । निजिकिदै गरको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेको वडा कमिटिले शुक्रबार ताकममा प्रशिक्षण कार्यक्रमको आयोजना हो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारीले चुनावि कार्ययोजना तथा रणनीतिको बिषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले धवलागिरीमा एमालेको संगठन बलियो रहेकाले चुनाव सहजै जित्न सकिने तर नेता तथा कार्यकर्ताहरु जनताको घरघरमा पुग्न भने आवश्यक रहेको बताउनुभयो ।
धवलागिरी गाउँपालिकामा एमालेको स्थानीय सरकारले जनमैत्रि काम गरेको छ, अझै राम्रा काम गर्ने विश्वास र प्रतिवद्धता लिएर जनतासामु पगौँ जनता हामी संगै छन, भण्डारीले भन्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिवालय सदस्य देव वहादुर थापा, सदस्यहरु दिनेश केसी, रोशन कार्की, अमृता भण्डारी, पालिका कमिटि अध्यक्ष होम बहादुर थापा, सचिव रेशम छन्त्याल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमकै अवसरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि १४ जना युवाहरु एमालेमा प्रवेश गरेका पालिका कमिटि सचिव छन्त्यालले जानकारी दिनुभएको छ ।
कार्यक्रम वडा कमिटि अध्यक्ष कलानिधि सुवेदीको अध्यक्षता, उपाध्यक्ष खिम बहादुर थापा राजुको स्वागत र सचिव तेजेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।