म्याग्दी । नेपाल कम्युनिष्ट पार्टि एमाले म्याग्दी – काठमाडौँ सम्पर्क मञ्चको अध्यक्षमा तम वहादुर गुरुङ चयन हुनुभएको छ ।
शनिबार काठमाडौँमा सम्पन्न बाह्रौँ जिल्ला सम्मेलनबाट गुरुङको अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन भएको हो ।
मञ्चको नवनिर्वाचित उपाध्यक्षमा जालमाया बुढा, महेश श्रेष्ठ, सचिवमा वेदनाथ सुवेदी, उपसचिवमा होम वहादुर पुन, धना शेरपुन्जा र कोषाध्यक्षमा खड्क वहादुर थापा रहनुभएको छ ।
जिल्ला सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य थममाया थापाले गठवन्धनको सरकारले जनभावना विरोधी काम गरिरहेकाले जनता एमालेको पक्षमा रहेको बताउनुभयो ।
केपी ओलीको सरकारले गरेका कामहरु जनताले स्मरण गरिरहेको भन्दै देशमा समृद्धि ल्याउनका लागि फेरि पनि एमालेको जित हुने बताउनुभयो ।
आगामी चुनावमा गठवन्धन मिलेर आएपनि एमालेले एक्लै चुनावमा गएर जित्न सक्ने हैसियत बनाएको थापाको भनाई थियो ।
सम्मेलनमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्र थापा र नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालले स्थानीय तहको चुनाव नजिकिदै गएकाले सम्पर्क मञ्चका निर्वाचित पदाधिकारीहरु आफ्नो भूगोलमा गएर एमालेलाई जिताउनका लागि महत्वपूर्ण भूमिका निभाउन आव्हान गर्नुभयो ।
कार्यक्रममा दिपक थापाको नेतृत्वमा करिव ५० जना युवाहरु नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरका मञ्चका नि. वर्तमान अध्यक्ष पदमलाल सापकोटाले बताउनुभयो । पार्टि प्रवेश गर्ने युवा नेताहरुलाई प्रमुख अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य तथा केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज थापा द्वयले खादा र अविर लगाएर स्वागत गर्नुभएको थियो ।
कार्यक्रम नेकपा एमाले म्याग्दी–काठमाडौँ सम्पर्क मञ्चका नि. अध्यक्ष पदमलाल सापकोटाको अध्यक्षता र सचिव वेदनाथ सुवेदीको संचालनमा सम्पन्न भएको थियो ।