पछिल्लो २४ घण्टामा ४ हजार ३६४ कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १८ हजार ४७३ नमुना परीक्षण गर्दा १५६१ महिला र २८०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर २६ हजार ६८४ संक्रिय संक्रमित छन् । १४ हजार ९६९ होम र ११ हजार ७१७ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३५ जनाको आईसीयू र ४२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You can share this post!

जन्मदिनको अवसरमा मृगौला पिडित जुग्जाली र कैदीबन्दी लाई ५० हजार सहयोग

दग्नामका पहिरो पीडितलाई म्याग्दी कांग्रेसद्धारा राहत वितरण

Related posts