प्राप्तिको जन्म दिनमा शैक्षिक सामग्री सहयोग

म्याग्दीको मंगला ३ सातबिसे हाल युके निवासी प्राप्ती जुग्जालीले आफ्नो आठौँ जन्म उत्सवको अबसरमा शैक्षिक सामग्री सहयोग गर्नुभएको छ । पिता मनोज जुग्जाली र माता डा। रन्जना जुग्जालीकी ८ बर्षिय छोरी प्राप्तिले मंगला ५ टिकावाङको शारदा आधारभूत बिद्यालयमा अध्ययनरत ४५ जना बिद्यार्थिलाई सामग्री सहयोग गर्नुभएको हो ।

मंगलबार बिद्यालयमा आयोजित कार्यक्रममा प्राप्तीका हजुरवावा मंगला गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोका र हजुरआमा यसोदा रोकाले बिद्यालय झोला, कपिकलम, ज्यामिति बक्स, पेनसिल, रंगीन पेनसिल लगाएत गरि ५७ हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । जन्म दिनमा अन्य खर्च नगरि गरिव तथा जेहेन्दार बिद्यार्थिलाई सहयोग गर्ने नातिनी प्राप्तिको चाहना अनुसार उत्त शैक्षिक सामग्री सहयोग गरिएको अध्यक्ष रोकाले बताउनुभयो ।

बिद्यालयका प्रधानाध्यापक मुना सुनारले जन्म दिनको अबसरमा पुण्यकार्य गरेकोमा प्राप्ति र स (परिवारलाइ धन्यवाद ब्यक्त गर्नुभयो । कार्यक्रममा मंगला ५ का वडा अध्यक्ष भुपेन्द्र खत्री, विद्यालय ब्यबस्थापन समिति अध्यक्ष दिल बहादुर थापा, कार्यपालिका सदस्य सरस्वती उपाध्याय, दिल कुमारी खत्री लगाएतको उपस्थिति रहेको थियो ।

 

You can share this post!

धौलागिरीको आफ्नै लगानीमा एम्वुलेन्स सेवा

एमसिसी बारे अभिमत राख्ने वातावरण संसदमा छैनः एमाले सचिव अर्याल

Related posts