रत्नेचौरमा धार्मिक महोत्सव हुने

बेनी नगरपालिका–१, रत्नेचौरमा धार्मिक महोत्सव हुने भएको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेका रत्नेचौरमा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आगामी फागुन २३ देखि ३० गतेसम्म महोत्सवको आयोजना गरिएको छ । रत्नेचौरमा रहेको श्री लक्ष्मीहरि भगवानको २५ औं श्रीब्रह्मोत्सव श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं पुज्यपाद संस्थापकचार्य श्री जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दी महोत्सवको रुपमा आयोजना गरिएको मन्दिरका अध्यक्ष एवम् मुल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले बताउनुभयो ।

 

‘रत्नेचौर धार्मिक दृष्टिकोणले पनि धेरै महत्वपूर्ण छ,‘धार्मिक गन्तब्य बनाउन स्थानीय समुदाय निरन्तर सक्रिय छौ’संयोजक महतले भन्नुभयो । महाज्ञयको अवसरमा विभिन्न जिल्लामा रहेका धार्मिकस्थलबाट समेत भक्तजनहरुको आगमन हुने जनाइएको छ । धार्मिक महोत्सवका प्रचारप्रसार तथा आवश्यक तयारीका लागि १५१ सदस्यीय समिति समेत बनाइएको स्थानीय यूवा बिक्रम बोगटीले जानकारी दिनुभयो ।

महोत्सवमा छिमेकी जिल्लाका साथै विभिन्न क्षेत्रमा रहेका धार्मिक संघसंस्थालाई समेत सहभागीताका लागि अनुरोध गरिएको छ । यसअगाडी समेत विभिन्न समयमा आयोजित महायज्ञबाट मन्दिरको भौतिक संरचना निर्माण सहितका गतिविधिमा खर्च गरिएको थियो । पछिल्लो समय रत्नेचौर तोरीबारीका कारण ब्यापक चर्चामा रहेको छ ।

You can share this post!

‘सुपरम्यान’ शैलीमा जिपलाइन आन्तरिक पर्यटकको घुइँचो

मालढुङ्गा – बेनी सडक धमाधम निर्माण हुँदै

Related posts