हिमाली जिल्ला म्याग्दीको अधिकांश भुभागमा हिमपात

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको अधिकांश भुभागमा भारी हिमपात भएको छ । जिल्लाको प्रमुख पर्यटकीय स्थल पुनहिल घोडेपानी, टोड्के, मालिका धुरी, झाँक्रीपानी, लगाएतका क्षेत्रमा बिहिबार बिहानै देखि भारी हिमपात भएको छ ।

धौलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कावाङ, ताकम, मराङ लगाएतका क्षेत्रमा हिउँ परिरहेको छ । त्यस्तै मालिकाका रुम, देविस्थान, निस्कोट, बिम लगाएतका वस्तीहरुमा हिउँ परेको छ ।

मंगलाको टोड्के, बरंजा झाक्रिपानी, किमचौर लगाएतका ठाउँमा पनि  हिमपात भएको छ । रघुगंगाको कुइने मंगले, रुईसे , चिमखोला, दग्नाम लगाएतको उपल्लो भेगहरुमा हिउँ परेको छ । अन्नपुर्णको सवै क्षेत्रमा हिमपात भएको छ ।

बिशेष गरि घोडेपानी, राम्चे, हिस्तान लगाएतका ठाउँमा भारि हिमपात भएको त्यहाँबाट पत्रकार सुरेन गुरुङले जानकारी दिनुभयो । बेनी नगरपालिकाको उपल्लो भेगहरुमा पनि हिमपात भएको छ ।

यस वर्षको दोस्रो हिमपात भएकाले पर्यटकीय क्षेत्रमा स्थानीयहरु हिउँ खेलेर रमाइरहेका छन भने चिसो अत्याधिक वढेका कारण जनजिबन प्रभावित बनेको छ ।

You can share this post!

आज विश्व क्यान्सर दिवस मनाइँदै

झरीसँगै सिरेटोले जनजीवन प्रभावित (काठमाडौंका केही तस्बिरहरू)

Related posts