स्मार्ट लकडाउनको समीक्षा गर्न उपत्यकाका प्रजीअहरुको बैठक बस्दै

काठमाडौं,माघ १४ गते । काठमाडौं उपत्यकामा जारी स्मार्ट लकडाउनको समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक शुक्रकार९आज० बस्ने भएको छ ।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण रोकथाम र नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी आदेशबारे समीक्षा गर्न उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठक बस्न लागिएको काठमाडौं जिल्लाका प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो । बैठक अपरान्ह बस्ने उहाँले बताउनुभयो ।

यसअघि माघ ६ गते बसेको तीनवटै प्रजिअको बैठकले लागू गरेको आदेशहरुको समीक्षा हुने उहाँले बताउनुभयो । ‘बैठकमा यसअघि जारी गरेको आदेशको प्रभाव कस्तो रह्यो । अब कुन आदेशलाई निरन्तरता दिने कुन खोल्ने भन्ने विषयमा छलफल गर्छौं,’ उहाँले भन्नुभयो ।

हाल जारी सार्वजनिक यातायातमा जोरविजोर प्रणाली प्रभावकारी नभएको र यसले सवारी साधनमा झन भीडभाड बढेको र यसले जोखिम समेत बढेको यातायात व्यबसायीको गुनासो छ ।

गोरखापत्र अनलाइन

You can share this post!

निर्माण सकेर टेको खोल्ने बित्तिकै लच्कियो सात करोडको पुल

कालीगण्डकीमा ३१ हजार माछाका भुरा छाडियो

Related posts