नारच्याङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ मा मंगलबार ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । निलगिरी हाइड्रोपावरबाट सिमेन्ट अनलोड गरि फर्किदै गर्दा ग २ ख ६५८ नम्वरको ट्रक दुर्घटनामा परेको हो । ट्रक सडकबाट करिव ६५ मिटर तल खसेको थियो ।

दुर्घटनामा परि गम्विर घाइेत बनेका मकवानपूर जिल्ला गोकर्ण ४ बस्ने ३४ बर्षिय सन्त बहादुर तितुङ र अन्नपूर्ण १ दोवा बस्ने बर्ष ४३ को खुम बहादुर राम्जालीलाई उपचारका लागि बेनी अस्पताल ल्याईएको थियो ।
अस्पतालमा उपचारका क्रममा डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो । तितुङ ट्रकका चालक र राम्जाली सवारी धनि हुनुहुन्थ्यो । दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

You can share this post!

म्याग्दीका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगेपछि निर्वाचनको आवश्यक तयारी सुरु

म्याग्दीमा स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा

Related posts