देउवाले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सरकार गठन भएको ६ महीना पुगेको सन्दर्भमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन् । सम्बोधनको क्रममा सरकारका उपलब्धिबारे प्रधानमन्त्रीले जानकारी दिने उनको सचिवालयले जनाएको छ । कांग्रेस सभापति देउवा पछिल्लो पटक गत असार २९ गते प्रधानमन्त्री बनेका थिए ।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ। देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचन गर्नेबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्।

आजै अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास ९बालुवटार० मा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै छ।

You can share this post!

चुनावको मिति घोषणा गर्न सरकार अलमलमै, आज समन्वय समितीको बैठक

महामारीमा सिटामोलको हाहाकार गराएर मूल्य बढाउने उत्पादकको चलखेल

Related posts