मोना कतारको रमाईलो तिज कार्यक्रम सम्पन्न

म्याग्दी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार ले हरितालिका तिज पर्व २०७९ को अवसरमा रमाईलो तिज कार्यक्रम सम्पन्न गरेको छ । मोना कतार सांस्कृतिक विभाग, खेलकुद विभाग र बहुउद्देश्यीय अक्षयकोषको सहआयोजना र मोना कतारको मुल आयोजनामा तिज विशेष कार्यक्रम गरिएको हो ।

कार्यक्रममा रोजगारीको सिलसिलामा कतारमा रहेका म्याग्देली तथा अन्य जिल्लाका महिलाहरुको भव्य उपस्थिति रहेको थियो । हरितालिका तिजको अवसरमा प्रदेशमै भएपनि दिदीबहिनीहरुसंग भेटघाट गरि दर खुवाउने तथा रमाईलो गर्ने उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको मोना कतारका अध्यक्ष नरेन्द्र फगामीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका संस्थाका संस्थापक अध्यक्ष प्रेम रसाईलीले चाडपर्वहरुको आफ्नै विशेषता र महत्व रहेको भन्दै तिज पर्व खासगरि सांस्कृतिक पर्व पनि भएको बताउनुभयो । उहाँले महिलाहरुले बर्षदिनको दुख विर्सिएर नाँच्ने र रमाईले गर्ने पर्वमा मोना कतारले सवै दिदीबहिनीहरुलाई जम्मा गरि रमाईलो तिज कार्यक्रम आयोजना गरेकोमा संस्थाको प्रशंसा समेत गर्नुभयो ।

कार्यक्रममा मोना कतारका संरक्षक विक्रम कार्की, रमेश पौडेल, सल्लाहकार तिलु शर्मा लगायतको उपस्थिति रहेको थियो । कतारमा रहेका नेपाली चेलिबेटीहरुलाई तिजमा घर तथा माईतिको झल्को मेट्ने गरि कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक बाबुराम भण्डारीले बताउनुभयो ।

दोहाको ग्रीन होम रेस्टुरेन्टमा शुक्रबार दिउँसो देखि साँझ सम्म संचालन भएको कार्यक्रममा कलाकारहरु ईश्वर लामगादे, विष्णु परियार, राजन खत्री, दर्शन केसी लगायतले विशेष सांगीतिक प्रस्तुति समेत प्रस्तुत गर्नुभएको सांस्कृतिक विभागका प्रमुख दर्शन केसीले जानकारी दिनुभयो ।
कार्यक्रम मोना कतारका अध्यक्ष नरेन्द्र फगामीको अध्यक्षता र महासचिव सञ्जय कुँवरको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

प्रदेश स्तरीय छनौट प्रतियोगितामा म्याग्दी भलिबल टिम फाइनल प्रवेश

म्याग्दीका विक्रम र स्याङ्जाका राजले खोले पेरिसमा एसियन फुड्स स्टेशन

Related posts