म्याग्दी सहकारीको १४औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौंको गोंगबुचोकमा रहेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लि।को १४औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । अध्यक्ष थदेवी पुनको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन संस्थाका बरिष्ठ सल्लाहकार डा. ज्योति शेरचन र जेष्ठ शेयर सदस्य ९७४ वर्षिय  इन्द्रबहादुर अधिकारीले सामुहिकरुपमा दिप प्रज्वलन गरि गर्नु भएको थियो ।

शुभकामना मन्तव्य दिनुहुँदै, सहकारी अभियन्ता तथा कानुनी परामर्शदाता डिल्लीराम तिवारीले सहकारीको विगत वर्तमान र भावी चुनौतीका बारेमा संछिप्त चर्चा गर्दै, सबै सदस्यहरुले संस्थाको सर्वोपरी हितका लागि बचत तथा ऋणमा महत्वपूर्ण योगदान गर्नु पर्ने बताउनु हुँदै, संस्था स्थापनाको १५ औं वर्षमा आइ पुग्दा आम म्याग्देलीहरुलाई संगठित गराउँदै, व्यवसायी बनाउन आर्थिक योगदान र वित्तिय ज्ञान दिएको स्मरण गराउनु भयो ।

त्यसैगरी संस्थाका बरिष्ठ सल्लाहकार डा।ज्योति शेरचनले फरक परिचय सहित स्थापित म्याग्दी सहकारीे धेरै सम्भावना बोकेको वित्तिय संस्थाको रुपमा परिचित हुन आवश्यक रहेको बताउनु भयो । त्यसको नेतृत्व गर्ने क्षमता म्याग्दी सहकारीमा छ तसर्थ यसैमा आवद्ध भई सर्बैले हातेमालो गर्न म आव्हान गर्दछु उहाँले भन्नु भयो ।

साधारणसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष थदेवी पुनले संस्था स्थापनाको १५ वर्ष पुगेको अवसरमा सबै शेयर सदस्यप्रति शुभकामना व्यक्त गर्दै, यो सहकारीले महिलाहरुको नेतृत्व विकास र शसक्तिकरणका लागि प्राथमिकतामा राखी काम गर्नुका साथै तीन कार्यकालसम्म पनि महिलालाई नै नेतृत्वमा स्थापित गरेकोमा सबैप्रति आभार प्रकट गर्नु भएको थियो ।

संस्थाका सहकोषाध्यक्ष छकप्रसाद शेरचनको स्वागत भाषण तथा सचिव दिपबहादुर छन्त्यालबाट संचालित उक्त सारधारणसभामा अध्यक्षकोतर्फबाट प्रबन्धक विष्णुप्रसाद पौडेलबाट प्रस्तुत वार्षिक प्रतिवेदनमा कुल १६७७ सदस्य रहेको यस संस्थाको आर्थिक वर्ष २०७७र०७८ मा शेयर पुँजीतर्फ ७ करोड ५३ लाख, बचततर्फ ४३ करोड ९५ लाख, कर्जा लगानीतर्फ ३७ करोड ६ लाख र बाँडफाँड योग्य मुनाफा १ करोड ३८ लाख रहेको छ । सो अवसरमा उत्कृष्ट बचत गर्ने सदस्यहरु मीमकुमारी छन्त्याल,सुकुन शेरचन, डम्मरबहादुर छन्त्याल र बेलबहादुर तिलिजा तथा असल कर्जा कारोवार गर्नु हुने फुलसाङ्गो शेरचन र संगिता घर्तिमगरलाई कदर पत्र प्रदान गरिएको थियो ।

सोहि अवसरमा प्रारम्भिक साधारणसभा देखि १४औं वार्षिक साधारणसभासम्म निरन्तर उपस्थित भई उल्लेखनिय योगदान दिनु भएका सहकारी अभियन्ता तथा काुननी परामर्शदाता डिल्लीराम तिवारीलाई सम्मान गरिएको थियो । त्यसैगरी यो वर्षमा निधन हुनु भएका शेयर सदस्य तथा शेयर सदस्यहरुको परिवारका सदस्यहरुको स्मरणमा मौन धारण गरिएको थियो ।

You can share this post!

गलेश्वर शिवालय क्षेत्र विकास कोषको अध्यक्षमा रेग्मी

लोकदिप सहकारीले साढे १४ करोड लगानी

Related posts