श्री राष्ट्रिय सेवा दल माउन्ट एभरेस्ट आवसिय माध्यमिक बिद्यालयको आयोजनामा बेनिमा बिहिवार ट्राफिक सचेतना कार्यक्रम समपन्न भएको छ । राष्ट्रिय सेवादलले जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय म्याग्दिको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम गरेको हो ।
जनचेतनामूलक प्ले कार्ड र पम्प्लेटहरू सहित ३६ जना क्याडेटहरु, र ट्राफिक प्रहरीहरुले बजार परिक्रमा गरि हालै सुचारु गरिएको एकतर्फी यातायातको बारेमा सवारी चालकहरुलाई जानकारी गराएका थिए ।
सडक सुरक्षा, ट्राफिक नियम चिह्न तथा संकेतहरु, सवारी चलाउँदा सवारीमा यात्रा गर्दा अवलम्बन गर्नुपर्ने सुरक्षा सतर्कताका सम्बन्धमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको ट्राफिक प्रहरी कार्यालय म्याग्दीका बिशाल परियारले बताउनुभयो । बजार परिक्रमा पछि बेनीको बिरेन्द्रचोकमा सरसफाई गरिएको राष्ट्रिय सेवादल माउन्ट एभरेष्ट क्याडेटका संयोजक कल्याण सुवेदीले बताउनुभयो ।
जिल्लामा बढ्दो दुर्घटना न्यूनीकरण गर्न सचेतनामूलक कार्यक्रमले केही हदसम्म सहयोग पुग्ने । अपेक्षा लिइएको छ । कार्यक्रममा शुत्र भञ्जङ्ग गुल्म अर्थुङ्गेका मेजर धिरज भट्टको विशेष उपस्थिति रहेको थियो ।