पुलाचौरमा एक महिला सामुहिक रुपमा बलात्कृत

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ५ पुलाचौर उपल्लाचौरकी एक महिला सामुहिक रुपमा बलात्कृत हुनुभएको छ । कार्तिक २ गते राति आफ्नै घरमा सुतिरहेको अबस्थामा स्थानीय ३ जना ब्यक्तिहरु घरमा आइ पालैपाले बलत्कार गरेको घटना सार्बजनिक भएको छ ।

अन्दाजी २७ बर्षिय परियार थरकी उक्त महिलाले छोरा छोरी सहित घरमा सुतिरहेको अबस्थामा ति ब्यक्तिहरुले डरधम्की देखाई बलत्कार गरेको बताउनु भएको हो । घटना घटे लगत्तै पिडित महिलाका १० बर्षिय छोराले १०० मा डायल गरि प्रहरीलाई खबर गरेका थिए । तर घटनाको स्वरुप जाँड रक्सी सेवन गरि होहल्ला गरेको र गाउँमै मिलाइएको भन्ने जानकारी आए पछि प्रहरी घटना स्थलमा पुगेको थिएन ।

शुक्रबार पिडित महिला प्रहरी कार्यालयमा नै आएर जाहेरी दिएपछि मात्र प्रहरीले अनुसन्धान थालेको हो । शनिबार बिहान घटना स्थलमा प्रहरी टोली पुगी घटनाको बस्तुस्थिति बुझेर फर्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी प्रहरी निरिक्षक बिरेन्द्रराज गुरुङ्गले जानकारी दिनुभयो ।

घटनामा संलग्न ब्यक्तिहरु फरार रहेकोले खोजिकार्य भैरहेको पनि उहाँले बताउनुभयो । आफु बलत्कार भएको जाहेरी पछि पिडित महिलाको स्वास्थ्य परिक्षण गरिएको थियो । बलत्कार नै भएको मेडिकल रिपोर्ट आएपछि अदालतमा मुद्दा दर्ता गरि कानूनी प्रक्रिया अघि बढाइएको सुचना अधिकारी गुरुङ्गले बताउनुभयो ।

पीडक पक्षका आफन्तले प्रहरीमा जाहेरी नदिन र गाउँमै पैसामा मिल्न दवाव दिएको पीडित महिलाका आफन्तले बताएका छन । तर बलत्कार जस्तो गम्भिर घटनालाई ढाकछोप नगरि कानून अनुसारको कुनै कसूर बाँकी नराखि कार्वाही गरिने प्रहरीले बताएको छ ।

You can share this post!

जनताले न्याय सहज रुपमा पाउन पर्छः मन्त्री थापा

एमाले म्याग्दीको वडा अधिवेशन सुरुः बेनपा १ र १० मा सम्पन्न

Related posts