म्याग्दी सदरमुकाम बेनीमा जिल्ला भरी सञ्चालनमा रहेका सहकारीहरुको बारेमा छलफल तथा अन्तरक्रीया गरीएको छ । राष्ट्रिय सहकारी महासंघकी बरीष्ठ उपाध्यक्ष ओमदेवी मल्ल र म्याग्दीका सहकारी सञ्चालकहरु विचमा म्याग्दीमा सञ्चालनमा रहेका सहकारीहरुका बारेमा छलफल तथा अन्तरक्रिया गरीएको हो ।
अन्तरक्रियाकै क्रममा म्याग्दी जिल्लामा सञ्चालनमा भएका सहकारीहरुलाई सहकारी ऐन तथा नियम बौमोजिम सञ्चालन गर्नका लागि मल्लले अनुरोध गर्नु भएको छ । सहकारीहरुले सहकारी ऐन अनुसार सहकारी संघका सात ओटा सिद्धान्तलाइ आत्मसात गर्दै संञ्चालन गर्नु पर्ने, सहकारीको क्षेत्र तथा करोबार बढाउनु पर्ने, सहकारीद्धारा उघोग ग्रामहरु सञ्चालन गर्नु पर्ने, सहकारी मार्फत दक्ष जनशक्ति उत्पादन गरी रोजगारी प्रदान गर्नु पर्ने, स्थानीय निकायहरुले केन्द्रीय सहकारी ऐन सँग नबाँधिने गरी सहकारी ऐन तथा कानुन निमार्ण गर्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो ।
म्याग्दीका धेरै सहकारी सञ्चालकहरुमा सहकारी ऐन तथा निर्देशिकाको बारेमा अनविज्ञ रहेको भन्दै सहकारी सञ्चालकहरुले त्यसबारेमा जानाकारी राख्नुपर्ने उहाँले बताउनु भयो । सहकारीहरु लाई सरकारले अनुगमन निर्देशिका बनाएको र भोलि जुनसुकैबेला पनि सहकारीहरुमा अनुगमन हुन सक्ने भन्दै नियम अनुसार सहकारी सञ्चालन गर्न आग्रह गर्नु भयो ।
कार्यक्रममा जिल्लासहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्की दिपक बिखर्चीले जिल्लामा रहेका सहकारीका बरेमा जनाकारी गराउदै काेराेना भाइसरका बारेमा सहकारीमा पारेकाे असरका बरेमा छिटै छलफल गरीने बताउनु भएको थियो । कार्यक्रममा जिल्ला भित्र सञ्चालनमा रहेका सहकार्री संञ्चालकहरुको उपस्थिती रहेको थियो ।