अनेरास्ववियु बाग्लुङद्वारा धवलागिरी  बहुमुखी क्याम्पसमा प्रारम्भिक कमिटि गठन 

नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटि  बाग्लुङले संगठन बिस्तार अभियान अन्तर्गत जिल्लाको  शैक्षिक संस्था धवलागिरी  बहुमुखी क्याम्पसमा बुधबार क्याम्पस प्रारम्भिक  कमिटि गठन गरेको छ ।

संगठन विस्तार अभियान अन्तर्गत धवलागिरी बहुमुखी क्याम्पसमा विएड प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुको भेलाले  सुमित्रा निउरेको अध्यक्षतामा ५१ सदस्यीय अनेरास्ववियुको कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा शर्मिला परियार, सचिवमा गिता बुढाथोकी, सहसचिवमा अस्मिता शर्मा र कोषाध्यक्षमा अञ्जु भुषाल रहनु भएको प्रारम्भिक  कमिटि गठन गरिएको  अनेरास्ववियु जिल्ला  कमिटिका सचिवालय सदस्य अमृता जि.सीले. बताउनुभयो ।

भेलालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा बाग्लुङ जिल्ला इन्चार्ज शेखर खड्काले विद्यार्थीहरुका समस्यासंगै राष्ट्रियता, लोकतन्त्र र आम जनताको जनजिविकाका लागि अग्रपंक्तिमा रहेको अनेरास्ववियुमा गोलबद्ध हुन आम विद्यार्थीहरुलाई आव्हान गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै सचिवालय सदस्य अमृता जि.सीले   अबको बिद्यार्थी आन्दोलन रचनात्मक हुनुपर्ने भन्दै बिद्यार्थीलाई प्रत्यक्ष लाभ हुने गरि फरक सोचका साथ नेतृत्व गर्नुपर्ने बताउनुभयो ।  सम्पुर्ण बिद्यार्थीहरु अनेरास्ववियुमा आबद्ध भई बिद्यार्थी आन्दोलनमा महत्वपूर्ण भूमिका निभाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा अनेरास्ववियु बाग्लुङका सचिवालय सदस्य अमृता जिसी , सचिवालय सदस्य  तथा प्रचार बिभाग प्रमुख रोशन जि.सी. लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम अनेरास्ववियु बाग्लुङका संयोजक रोशन कुँवरको अध्यक्षता र प्रभु सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो।

You can share this post!

जेसीजको महाधिवेशन पोखरामा पुष १ गतेदेखि ४ गतेसम्म, अध्यक्षमा ६ जना प्रतिष्पर्धी

बेनी खानेपानी उपभोक्ता संस्थाको २२औं वार्षिक साधारणसभाः मानव जीवनमा पानीको महत्व धेरै रहेकाले संरक्षण गर्नुपर्ने 

Related posts