उपमेयर कपमा म्याग्दीको बेनी नगरपालिका तेस्रो हुन सफल

म्याग्दी । बुटवल उपमहानगर पालिका, नगर खेलकुद बिकास समिति द्वारा आयोजित उपमेयर कप राष्ट्रिय महिला भलिवल प्रतियोगीतामा म्याग्दीको बेनी नगरपालिकाले तृतिय स्थान हाँसिल गरेको छ ।

शनिबार तृतिय स्थानका लागि आयोजित खेलमा कञ्चनपुर नगरपालिकालाई पराजित गर्दै बेनी नगरपालिका तृतिय हुन सफल भएको मुख्य प्रशिक्षक मलिन रोकाले जानकारी दिनुभयो ।

यसअघि भएको सेमिफाइनलको खेलमा तिलोत्तमा नगरपालिका रुपन्देही संग बेनी नगरपालिका पराजित भएको थियो । तृतिय स्थानका लागि भएको खेलमा १ सेट कञ्चनपुर र ३ सेट बेनी नगरपालिकाले जितेको थियो ।

क्षेत्रिय खेलाडि पबित्रा श्रीपालीको कप्तानीमा रहेको म्याग्दी महिला भलिवलको टिमले उत्कृष्ट खेल प्रदर्शन गरेको र तृतिय स्थान हाँसिल गरि नगद रु ३५ हजार पुरस्कार प्राप्त गरेको प्रशिक्षक खड्क केसिले बताउनुभयो । फाइनल खेल आइतबार संचालन हुने बताइएको छ ।

 

 

 

You can share this post!

१९ औँ जेसिज कपको फाइनलमा बुद्ध एकेडेमी र न्यु वेष्ट प्वाइन्ट

फोनिज म्याग्दीको प्रथम अधिवेशन सम्पन्नः अध्यक्षमा साधन राम्जाली

Related posts