फोनिज म्याग्दीको प्रथम अधिवेशन सम्पन्नः अध्यक्षमा साधन राम्जाली

म्याग्दी । नेपाल आदिबासी जनजाती पत्रकार महासंघ फोनिज म्याग्दीको अध्यक्षमा साधन राम्जाली सर्वसम्मत चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न फोनिज म्याग्दीको प्रथम जिल्ला अधिवेशन बाट राम्जाली अध्यक्षमा चयन हुनुभएको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा समिर रोका, कोषाध्यक्षमा धनिलाल गर्वुजा र सह–सचिवमा मनु थापा मगर चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा दिपा बुढाथोकी, लिलकुमारी पुर्जा, थबहादुर पुन र सुर्दशनकुमार श्रेष्ठ रहुनभएको छ । अधिवेशनबाट प्रदेश प्रतिनिधिमा सुरेन गुरुङ र केन्द्रिय प्रतिनिधिमा हिरामोती जुग्जाली चयन हुनुभएको सचिव समिर रोकाले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गर्दै शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले आदीबासी जनजातीलाई राज्यले प्रदान गरेको अधिकार कार्यान्वयन गर्न र जनजातीहरुको अवस्था र समस्याहरुलाई कलमको माध्यमबाट सम्वन्धित निकायमा पुराउनका लागि पनि फोनिजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले जिल्लामा क्रियाशिल जनजाती पत्रकारहरु संगठनमा आवद्ध हुनु सकरात्मक रहेको भन्दै महासंघबाट आवश्यक साथ सहयोग रहने बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी म्याग्दीका संयोजक प्रताप बानियाँ, प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा, प्रेस सेन्टर नेपाल म्याग्दीका उपाध्यक्ष पदम विश्वकर्माले शुभकामना मन्तव्य ब्यक्त गरेको थिए ।

अधिवेशन साधन राम्जालीको अध्यक्षता, मनु थापा मगरको स्वागत र समिर रोका मगरको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

उपमेयर कपमा म्याग्दीको बेनी नगरपालिका तेस्रो हुन सफल

राष्ट्रीय महिला कबडडी प्रतियोगीतामा म्याग्दी तृतीय

Related posts