जैमिनीमा आदर्श सञ्चार सहकारीको साधारणसभा

आदर्श सञ्चार सहकारीको १५ औं वार्षिक साधारणसभा अन्तर्गत चौथो एकाई सभा मंगलबार जैमिनी नगरपालिकाको कुश्मिसेरामा सम्पन्न भएको छ ।
साधारणसभामा बोल्दै प्रमुख अतिथि जैमिनी नगरपालिका उपप्रमुख लिला रानाले सहकारीहरु उत्पादन केन्द्रित हुनुपर्ने बताउनुभयो । उपप्रमुख रानाले जैमिनी नगरपालिकाले सहकारीको प्रर्बद्धन गर्नका लागि सहयोग गरिरहेको बताउनुभयो । “सहकारी मार्फत उत्पादन, रोजगारी तथा बजारीकरणमा सहकारीले ध्यान दिनुपर्दछ” उप प्रमुख रानाले भन्नुभयो “आदर्श सञ्चार मार्फत मपत्रकारिता क्षेत्रमा जनशक्ति उत्पादन, उद्यमशिलताको विकास, क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको छ ।” रानाले आदर्शले बचत तथा ऋणमा मात्र केन्द्रित नभएर समग्र क्षेत्रमा ध्यान दिएको बताउनुभयो ।

साधारणसभाका अवसरमा संस्थाको अवस्था, आगामी कार्यक्रम, रणनीतिक योजना लगायतका विषयमा संस्थाका संम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले जानकारी दिनुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रको जैमीनि नगर कमिटि सचिव सोभा प्रसाद शर्मा, शान्ति माध्यामिक विद्यालय कुश्मिसेराका प्रधानाध्यापक याम बहादुर जिसी, जैमिनी नगरपालिका कृषि शाखा प्रमुख नेत्र प्रसाद शर्मा, अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष झपिन्द्र बहादुर क्षेत्री, जैमिनी नगरपालिका स्थित शहरी स्वास्थ्य केन्द्र नेपानेका प्रमुख भिम पुन, सुभेच्छा एफएमका प्रबन्धक सुजन प्रेमी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभाका अवसरमा उत्कृष्ट कर्जा कारोबार गर्ने लक्ष्मण भुजेल थापालाई मायाको चिनो सहित प्रसंशा पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रम सहकारीका अध्यक्ष हुमा कुमारी जिसी अन्जुको अध्यक्षता, सूचना तथा सञ्चार उपसमिति सदस्य सन्ध्या आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच आदर्श सञ्चार सहकारी संस्थाको सञ्जाल विस्तार अभियान अन्र्तगत सदस्यता वृद्धि, सञ्चार माध्यमको पहुँच, विस्तार लगायतका काम गर्नका लागि जैमिनी नगरपालिका स्तरीय ११ सदस्यीय समन्वय उपसमिति गठन गरिएको छ ।

उपसमितिको संयोजकमा झपिन्द्र बहादुर क्षेत्री, सचिवमा सन्ध्या आचार्य तथा सदस्यहरुमा शोभा प्रसाद शर्मा, भीम पुन, नविन प्रताप जिसी, नेत्र प्रसाद शर्मा, लक्ष्मण भूजेल थापा, रिना कुमारी थापा, अमृत सुवेदी, नवराज पौडेल र मिलन राना रहनुभएको छ ।

संस्थामा हाल तीन हजार शेयर सदस्य, शेयर पूँजी ६ करोड, ३३ करोड निक्षेप, ३७ करोड कर्जा लगानी र ४५ करोड वासलात रहेको संस्थाका प्रबन्धक दीपकराज सापकोटाले जानकारी दिनुभयो ।

You can share this post!

जन्मदिनको अवसरमा कोषलाई ५० हजार सहयोग

कांग्रेस नेता बानीयाँको काठमाडौमा सम्पर्क कार्यालय स्थापना

Related posts