क्युपेक नेपाल म्याग्दीको आठौँ जिल्ला अधिवेशन सम्पन्नः अध्यक्षमा पुनः राई निर्वाचित

म्याग्दी । नेकपा एमालेको जनबर्गीय संगठन जिफन्ट अन्तर्गत रहेको नेपाल बिजुली पेन्टर प्लम्वर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) म्याग्दीको आठौँ जिल्ला अधिवेशन आइतबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट पुनः महा प्रसाद राईको अध्यक्षतामा २४ सदस्यीय जिल्ला कमिटि गठन भएको छ ।

नवगठित कमितिको उपाध्यक्षमा मुकेश शाह, सचिवमा पुजा छन्त्याल, सहसचिवमा सरोज थापा मगर र कोषाध्यक्षमा शुक्ला गुरुङ चयन हुनुभएको छ । सदस्यहरुमा राजेश घर्ति, ललन पंडित, पञ्चलाल यादव, सुजन सुनार, निकेश लिम्वु, खड्क बहादुर बिश्वकर्मा धन बहादुर सुनार, बिजय भण्डारी, सम्झना किसान, जित किसान लगाएत रहनुभएको सचिव शाहले जानकारी दिनुभएको छ ।

अधिवेशनको उद्घाटन गर्दै क्युपेक नेपालका केन्द्रिय अध्यक्ष नरनाथ लुईटेलले नेपालमा क्युपेकले २४ बर्ष सफलताका साथ बिताएको र यो एसियाकै पहिलो ब्यबस्थीत युनियन भएको पनि बताउनुभयो । उहाँले क्युपेकमा आवद्ध भएकाहरुले सदस्यता कार्ड अनिवार्य रुपमा लिन पनि आव्हान गर्नुभयो । साथै उहाँले मजदुरहरुको अभिलेख राख्न र समस्यामा परेको मजदुरहरुलाई आबश्यक सहयोगका लागि तत्पर रहन पनि क्युपेक म्याग्दीलाई आग्रह गर्नुभयो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले आफनो हक अधिकार सुनिस्चितताका लागि मजदुरहरुले संगठित रुपमा आवाज उठाउनु पर्ने बेला आएको बताउनुभयो । क्युपेकले जिल्लामा रहेका मजदुरहरुको समस्या, आन्दोलन र सवै गतिविधिमा पार्टीले पनि आवश्यक साथ सहयोग गर्ने बताउनुभयो । कम्युनिष्ट पार्टी भएकाले एमालेको २२ वटा जन संगठन मध्य क्रियाशिलका आधारमा जिफन्ट र त्यस अन्तर्गतको क्युपेक नेपाल महत्वपूर्ण भएको बताउनुभयो ।

त्यस्तै क्युपेक नेपाल म्याग्दीको बेनी नगर कमिटि पनि गठन भएको छ । १५ सदस्यीय नगर कमिटिको अध्यक्षतामा गुमा किसान, उपाध्यक्षमा रत्न बहादुर बिक, सचिवमा आकास किसान, सहसचिवमा चन्द्र बहादुर किसान र कोषाध्यक्षमा प्रसान्त किसान चयन हुनुभएको क्युपेक म्याग्दीले जनाएको छ ।

कार्यक्रममा केन्द्रिय महासचिव गोपाल कार्की, जिफन्तका केन्द्रिय सदस्य पुण्य प्रसाद उप्रती, बलादेवि राई, जिफन्त नगर कमिटि पूर्व अध्यक्ष गोपाल रिजाल, नेकपा एमाले बेनी नगर कमिटि सचिव सुवास बिश्वकर्मा लगाएतले बोल्नु भएको थियो । कार्यक्रम क्युपेक नेपाल म्याग्दीको अध्यक्ष महा प्रसाद राईको अध्यक्षता र सचिव मुकेश शाहको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

१६ दिने अभियानको अर्जम र भकुण्डेमा सचेतनामूलक कार्यक्रम

बेनीमा लैङ्गिक हिंसासम्बन्धी विषयमा अन्तरक्रिया 

Related posts