माउन्ट एभरेष्ट माविमा जुनियर डिभिजन एनसिसी क्याडेट तालिम सुरु

म्याग्दी । बेनीको माउन्ट एभरेष्ट आवासीय माध्यामिक बिद्यालयमा जुनियर डिभिजन ४७ औँ व्याच एनसीसी क्याडेट तालिम सुरु भएको छ । श्री राष्ट्रिय सेवा दलद्वारा संचालित तालिमको आइतवार बिद्यालय प्राङगणमा प्रथम प्रवचन कार्यक्रमको आयोजना गरि जुनियर क्याडेटको तालिम सुरु गरिएको हो ।

तालिम अवधिभर बिद्यार्थीको अनुशासन, लगनशिलता, कला तथा प्रतिभाको बिकास, बक्तृत्वकला, खुकुरी ब्रिलिङ, परेट, ब्याख्या गर्ने कला, सांस्कृतिक जागरण लगाएतको बिषयमा तालिम दिइने शुत्र भञ्जङ्ग गुल्म अर्थुङ्गेका मेजर केशव शिलवालले बताउनुभयो । आगामी पौष २९ गते सम्म ४१ दिन प्रत्येक दिन दुइ घण्टा संचालन हुने तालिममा बिद्यालयमा अध्ययनरत १८ छात्र र १८ छात्रा गरि ३६ जनाको सहभागीता रहने बिद्यालयका प्रीन्सीपल राजु केसीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र बहादुर कटुवालले आर्मीमा जस्तो नेतृत्वले दिएको निर्देशन सवैले मान्ने प्रचलन देशमा नभएकाले देशको नीति नियम कमजोर भएको भन्दै नैतिकता र अनुशासनको पाठ सिकाउने यस्ता खालका तालिमहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

बिद्यालयका प्रीन्सीपल केसीले अनुशासन नै बिद्यार्थीको गहना भएकाले सवैले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले ४७ औँ व्याचको तालिमका लागि पनि माउन्ट एभरेष्टलाई नै रोजेकोमा धन्यवाद प्रकट गर्नुभएको थियो । यस अघि जिल्लाको जामुनाखर्क मावि, प्रकाश मावि र बेनी सामुदायिक माविमा तालिम सम्पन्न भइसकेको छ भने अघिल्लो बर्ष ४६ औँ व्याच पनि माउन्ट एभरेष्टमै संचालन भएको थियो ।

पौष २९ पछिको तालिम एनसीसीको केन्द्रिय कार्यालय चितवनको हात्तीखोरमा १५ दिन संचालन हुनेछ । कक्षा १० कि सह कप्तान बिद्यार्थी बबिता पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रहरी नायव उपरिक्षक श्याम कुमार राई, बिद्यालयका संचालक रमेश गिरी लगाएतको उपस्थिति रहेको थियो । भने बिद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए ।

You can share this post!

रुम बेलीको एक परिवारद्वारा गाउँको विद्यालयलाई करिब ५ रोपनी जग्गा सहयोग

१६ दिने अभियानको अर्जम र भकुण्डेमा सचेतनामूलक कार्यक्रम

Related posts