म्याग्दी । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दीको अध्यक्षमा अमर बानियाँ चयन हुनुभएको छ । जिल्ला शाखाको ३० औं बार्षिक साधारणसभा तथा अधिबेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
सोमबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित साधारणसभा तथा अधिवेशनबाट सर्वसम्मत रूपमा चयन गरिएको समितिको उपसभापतिमा विष्णुकुमारी रोका, कासीराम रेग्मी, मन्त्रीमा यामबहादुर चोखाल, कोषाध्यक्षमा नवराज पौडेल, उपमन्त्रीमा मोतिराज गौतम र उपकोषाध्यक्षमा शिब बानियाँ चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा दविना रोका, निलकुमारी भण्डारी, टिका घताने, सुरत केसी, राजेन्द्र आचार्य, मुक्तीप्रसाद ढुंगाना, हिराबहादुर पुन, तारानाथ शर्मा, हरिप्रसाद सुबेदी र रेशमबहादुर बानियाँ चयन हुनुभएको छ ।
बेनी नगरपालिका ७ निवासी बानियाँ लामो समयदेखि रेडक्रसमा आवद्ध हुनुहुन्छ । नेपाल पत्रकार महासंघका गण्डकी प्रदेश पार्षद समेत रहुनभएका बानियाँ धवलागिरी पर्यटन परिषदका अध्यक्ष हुनुहुन्छ । थुप्रै सामाजिक संघ संस्थामा आवद्ध बानियाँले आफ्नो कार्यकालमा रेडक्रसका गतिविधिहरुलाई थप प्रभावकारी तरिकाले संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।