जिप दुर्घटनामा वडा सचिवको मृत्यु

नवीन शिशिर विक  बागलुङ, मंसिर १५ गते । मध्यपहाडी लोकमार्गको बागलुङ–अक्षत्रेखण्ड अन्तर्गत काठेखोला गाउँपालिका–१ खहरेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन ।

विहुँबाट बागलुङ बजार आउँदैगरेको बा १८ च ५६७७ नम्बरको रातो प्लेटको पिकअप जिप बुधबार विहान बागलुङ नगरपालिका– ७ का ४५ बर्षिय श्याम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।

शर्मा बागलुङ नगरपालिका– ८ को वडा सचिवमा कार्यरत हुनुहुन्थ्यो । शर्माको घटनास्थलमै मृत्यु भएको हवारीले बताउनुभयो । दुघर्टनामा परी बागलुङ नगरपालिका– १ रामरेखाका ४० बर्षिय टंकबहादुर बोहोरा, ४४ बर्षिय दिनेश गिरी र २५ बर्षिय अजय शिवाकोटी घाइते हुनुभएको छ ।

तीनै जनाको धौलगिरि अस्पताल बागलुङमा उपचार भैरहेको छ । जिप चालक फरार रहेको प्रहरीले जनाएको छ । जिप सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन।

You can share this post!

राप्रपाको  एकता महाधिवेशन काठमाडौंमा शुरु

विद्यार्थीलाई सहकारीद्वारा न्यानो कपडा वितरण

Related posts