बेनी आक्रमणमा गोली लागेर प्वाल परेको विजुलीको पोल बेनी फिर्ता हुने

म्याग्दी । २०६० चैत ७ गते तत्कालिन शसस्त्र विद्रोही नेकपा माओवादीले म्याग्दी सदरमुकाम बेनी आक्रमण गर्दा गोली लागेर छियाछिया परेको विजुलीको पोल ललितपुरबाट फिर्ता ल्याईने भएको छ ।

बेनीको मंगलाघाट बजार छेउ तत्कालिन समयमा नेपाली शेनाको कालीप्रसाद गण अगाडि सडकमा रहेको विजुलीको पोलमा भिडन्तको क्रममा सयौं गोली लागी प्वाल नै प्वाल परेको अवस्थामा रहेको थियो । भिडन्तकाबेला क्रसफायरमा परि छियाछिया भएको विजुलीको उक्त विधुत पोल ०६३ सालमा ललितपुरको पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयले बेनीबाट पाटनढोका पु¥याएर सुरक्षित गरेको थियो ।

पुस्तकालयका अध्यक्ष कनकमणी दीक्षितले मंगलवार जिल्ला समन्वय समिति म्याग्दीलाई पत्र लेखी पुस्तकालयमा संरक्षित द्वन्द्वकालिन र एतिहाँसिक महत्व राख्ने विजुलिको पोल बेनी पु¥याउने ब्यवस्था मिलाउन अनुरोध गर्नुभएको हो ।

‘बेनीबाट ललितपुरको पाटनढोका लगी सुरक्षित गरिएको शसस्त्र विद्रोहको प्रभाव झल्काउने विजुलीको पोल अन्तत बेनी फिर्ता हुने पक्का भएको छ’ जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले भने, ‘गोलीले छियाछिया भएको पोल बेनीमा ‘शसस्त्र युद्ध÷द्वन्द्वकालीन स्मारक’ को रुपमा प्रर्दशनीमा राखिने छ ।’

बेनी नगरपालिकाले ७ नम्बर वडाको विरेन्द्रचोकमा निर्माण गर्न लागेको शान्ति पार्कमा ‘द्वन्द्वकालिन युद्ध स्मारक’ को रुपमा संरक्षित गर्न चाहेकोले पोल फिर्ता गरिदिन जिल्ला समन्वय समिति मार्फत मदन पुरस्कार पुस्तकालयलाई पत्राचार गरेको थियो ।
त्यस अघि जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी खत्री लगायतको टोली पाटनढोका स्थित मदन पुरस्कार पुस्तकालयमै पुगेर अध्यक्ष दिक्षितलाई भेटी बेनीबाट ललितपुर पु¥याईएको उक्त पोल फिर्ता गर्न आग्रह गरेको थियो ।

बेनी नगरपालिकाका मेयर सुरत केसीले पनि पोल फिर्ता ल्याउन पहल गर्नुको साथै शान्ती पार्क बनाउने र पोल राख्ने बजेट सुनिश्चित गर्नुभएको थियो । नगरपालिकाले बेनीको विरेन्द्रचोक नजिक १० रोपनी क्षेत्रफलमा शान्ति पार्क एवं वालउद्यान बनाउन लागेको छ ।

‘फिर्ता ल्याउन लागिएको विजुलीको पोललाई ०६० चैत ७ गते विद्रोही र नेपाली सेना विच भिडिन्त भएकै स्थानमा राखिने छ । यहाँ पोल बाहेक सो युद्धमा प्रयोग भएको बंकर समेत रहेकोले यी युद्धकालिन बस्तुहरुको संरक्षण र प्रर्दशनी गर्ने गरी नगरपालिकाले योजना बनाएको छ’ बेनी नगरपालिका प्रमुख सुरत केसीले भन्नुभयो, ‘पोललाई बाहिर राख्ने कुरा पनि भएको छ । तर नगरपालिका छेउमै युद्ध स्मारकको रुपमा पोल, बंकर संरक्षित गर्ने र अन्य शसस्त्र युद्धकालिन सामाग्री, फोटाहरु पनि फ्रर्दशनीमा राख्ने तयारीमा छौं ।’

You can share this post!

टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित

जेसिजद्वारा रजत जयन्तीको अवसरमा लोक नृत्य प्रगियोगिता

Related posts