सहकारी मोडेल बुझेको दल एमालेः सहकारी बुझेका उमेदवार के.बी. उप्रेती

काठमाडौं । नेकपा एमाले सम्बद्ध सहकारीकर्मीहरुको प्रतिनिधित्व गर्दै आसन्न दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्यका लागि सहकारी क्षेत्रका अगुवा के.बी.उप्रेतीले उमेदवारी घोषणा गर्नु भएको छ ।

३ दशकदेखि राजनीति र साढे २ दशकदेखि सहकारी क्षेत्रमा क्रियाशिल उप्रेतीले नेपालको संविधान २०७२ ले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्रको विकासका लागि सबै पार्टीमा सहकारी अभियानमा क्रियाशिल व्यक्तिहरुको सहभागिता आवश्यक रहेको बताउनु भएको छ । राजनीतिक दलहरु मुलुक निर्माणकका मुल आधार हुन, त्यहिबाट सहकारी क्षेत्रको विकासका लागि भूमिका निर्वाह गर्न आफु क्रियाशिल रहेको राजनीतिक दल एमालेको केन्द्रीय सदस्यमा उमेदवारी दिन लागेको उप्रेतीको भनाइ छ ।

नेकपा एमाले पार्टीलाई सहकारीको मोडेलको अर्थतन्त्र बुझेको र यसको प्रवद्र्धन÷ विकासमा योगदान गर्ने पार्टीका रुपमा लिइन्छ । नेपालमा सहकारी अभियानले आजको रुप लिनुमा नेकपा एमालेको पार्टीको भूमिका महत्वपूर्ण छ । समाजवाद उन्मुख अर्थतन्त्रका लागि तीन खम्बे अर्थनीति अवलम्बन गर्नमा एमालेको भूमिका सबै भन्दा महत्वपूर्ण छ, गाउँ गाउँमा सहकारी घरघरमा भकारी, गाउँ गाउँमा सहकारी घर घरमा रोजगारी जस्ता लोकप्रिय कार्यक्रम एमालेकै पालामा आएका छन् ।

त्यही एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहकारी क्षेत्रमा सक्रिय, सहकारीलाई राम्रोसंगग बुझेका, व्यवस्थापन गरेका र दशैभर सम्पर्क समन्वय भएका उप्रेतीले उम्मेदवारी घोषणा गर्नु भएको छ । देशभरका करिब ३० हजार सहकारीमा ७३ लाख नेपाली नागरिक आवद्ध रहेको यस अभियानका अगुवा उप्रेतीले सिंगो सहकारी अभियानलाई एमालेका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्नका लागि आफु केन्द्रीय सदस्य बन्न खोजेको बताउनु भएको छ ।

मुख्य राजनीतिक दलहरुमा सहकारी अभियानकर्मीहरुको अनिवार्य सहभागिता आवश्यक छ, उप्रेतीले भन्नुभयो आ–आफ्नो पार्टीको सहकारी विभागलाई सक्रिय बनाउन, सहकारीका नीति निर्माणमा प्रभावकारी भूमिका खेल्न, राज्यले परिकल्पना गरेको सुखी नेपाली समृद्ध नेपालको लक्ष्यलाई सफल पार्ने गरी आर्थिक अभियान सञ्चालन गर्न सहकारीको भूमिका महत्वपूर्ण छ ।

 

You can share this post!

प्रधानमन्त्री नियुक्त भएको १२ घण्टामै राजीनामा

एमाले महाधिवेशनमा सहभागी हुन म्याग्दीबाट करिव १३ सय नेता कार्यकर्ता चितवन प्रस्थान

Related posts