अनेरास्ववियु र राष्ट्रिय युवा संघ म्याग्दी द्वारा बेनी अस्पतालमा सरसफाई

म्याग्दी । अनेरास्ववियु गण्डकी प्रदेश कमिटिको निर्णय अनुसार अनेरास्ववियु म्याग्दी र राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको संयुक्त आयोजनामा बेनी अस्पताल परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा बुधबार गण्डकी प्रदेशका ११ बटै जिल्लाका प्रमुख अस्पतालमा सरसफाई कार्यक्रम गरिएको हो । अनेरास्ववियु र युवा संघका नेता तथा कार्यकर्ताहरुले बेनी अस्पताल परिसरमा रहेका कागज, प्लास्टिक तथा अन्य फोहोरहरु संकलन गरि फोहोर ब्यबस्थापन कक्षमा फालिएको अनेरास्ववियु म्याग्दीका सह संयोजक मिलन खत्रीले जानकारी दिनुभयो ।

अस्पताल परिसरबाट करिव १० बोरा फोहोर संकलन गरिएको छ । अनेरास्ववियुले दशौँ राष्ट्रिय महाधिवेशन सफल बनाउने सन्देशका साथ सरसफाई कार्यक्रम गरेको केन्द्रिय सचिवालय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज सुवास बिश्वकर्माले बताउनुभयो ।

अखिलले गरेको यो रचनात्मक कार्यमा युवा संघले पनि एकेबद्धता जनाउदै सरसफाई कार्यक्रममा सहभागी बनेको राष्ट्रिय युवा संघ नेपाल स्थायी कमिटि सदस्य दिनेश केसीले बताउनुभयो । उहाँले पार्टीको राष्ट्रिय महाधिवेशनलाई सभ्य र भव्य रुपमा सफल पार्नका लागि म्याग्दीबाट अधिकांस युवा तथा बिद्यार्थीहरुको सहभागीता रहने पनि बताउनुभयो ।

अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले अस्पताल परिसर सरसफाई गरेर सचेतना तथा सामाजिक उत्तरदायित्व बहन गर्ने कार्य गरेकोमा अखिल र युवा संघलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य प्रविण शाही, जिल्ला उपाध्यक्ष बिजय घर्ति मगर, सचिव शिशिर शाही तथा अखिलका नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम अनेरास्ववियु जिल्ला कमिटि म्याग्दीका सह संयोजक खत्रीको अध्यक्षता र सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख समिर रोकाको संचालनमा सम्पन्न भएको थियो ।

You can share this post!

विश्वकप छनोटः नेपालले भुटानलाई ८ विकेटले हरायो

संसदिय ब्यबस्था अन्त्य गरि बैज्ञानिक समाजबाद स्थापनाका लागि तयार रहे पार्टी एकता हुन्छः बिप्लव

Related posts