दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको विमान

आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ २ कोवाङको सानुसरे भन्ने स्थानमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको उद्धारमा खटिएको नेपाली सेनाले जनाएको छ । ल्याङ्खु खोलाको मुहान नजिक पहाडमा ठोक्किएर विमान टु्क्रा टुक्रा परेको छ ।

मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा जाने तयारी गरेको जानकारी दिनुभयो ।

पोखराबाट मुस्ताङका लागि उडेको सो विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । तारा एयरको ट्विनअटर विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन सुरु गरिएको थियो । विमान १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।

You can share this post!

आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट विनियोजन

तारा एयरको विमान दुर्घटनाः १४ जनाको शव भेटियो

Related posts