म्याग्दीमा मंसिर २१ देखि १९ औँ जेसिज कप फुटवल प्रतियोगीता संचालन हुने

म्याग्दी । म्याग्दी जेसिजको आयोजनामा आगामी मंसिर २१ देखि २५ गते सम्म बेनीको खुल्ला मञ्चमा १९ औँ अन्तर मा.वि. जेसिजकप फुटवल प्रतियोगीता संचालन हुने भएको छ ।

सोमबार जेसिज सचिवालयमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगीताको बारेमा जानकारी गराईएको हो । ‘खेलाडिको प्रतिभा प्रस्फुटनमा हाम्रो पहल–जेसिजकप फुटवल’ भन्ने मूल नाराका साथ प्रतियोगीता आयोजन गर्न लागिएको म्याग्दी जेसिजका शाखा अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगीतामा बिजेता बिद्यालयलाई रनिङ्ग ट्रफी, मेडल र प्रमाण पत्र सहित नगद रु ५२ हजार २ सय २२ रुपैयाँ र उपविजेता बिद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित नगद रु ३२ हजार २ सय २२ रुपैयाँ पुरस्कारको ब्यबस्था गरिएको छ ।

प्रतियोगीता सफल बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरि तयारी सुरु गरिएको छ । १९ औँ जेसिजकप फुटवल प्रतियोगीताको मूल संयोजक कुमार बानीयाँ, जुरी संयोजकमा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, र सह संयोजकमा विष्मा श्रेष्ठ र बिनोद घर्ति रहनु भएको शाखा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगीता संचालनका लागि अनुमानित आम्दानी १० लाख ६५ हजार र अनुमानित खर्च ८ लाख ६८ हजार हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रतियोगीतामा उत्कृष्ट खेलाडि ( धमानसिंह अवार्ड), सर्वाधिक गोलकर्ता ( लक्ष्मी पुतली अवार्ड), उत्कृष्ट लोलरक्षक ( इन्द्र अवार्ड), उत्कृष्ट डिफेन्डर ( सरस्वती अवार्ड), उत्कृष्ट स्ट्राइकर (रामजी अवार्ड), उत्कृष्ट मिडफिल्डर (माया अवार्ड) राइजिङ प्लेयर ( धन अवार्ड), उत्कृष्ट प्रशिक्षक (कृष्ण प्रसाद एककुमारी अवार्ड) नगद रु २५०० र अनुशासित टिम (झलक खगेश्वरी अवार्ड) नगद रु ७७७७ पुरस्कारको ब्यबस्था गरिएको छ ।

कोभिड १९ का कारण अघिल्लो बर्ष जेसिजकप फुटवल स्थगीत भएको थियो । सन २००१ बाट सुरु भएको जेसिजकप फुटवल प्रतियोगीता १९ औँ संस्करण सम्म आईपुग्दा जिल्लामा धेरै खेलाडिहरु उत्पादन गर्न सफल भएको म्याग्दी जेसिजका पुर्व अध्यक्ष खम थापाले बताउनुभयो ।

पत्रकार सम्मेलनमा म्याग्दी जेसिजका संस्थापक अध्यक्ष श्रेष्ठ, पुर्व अध्यक्ष थापा, नि. बर्तमान अध्यक्ष एवं राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल लगाएत जेसिजका वर्तमान पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

You can share this post!

बिजोग बागलुङ कारागार ! कहिले बन्छन् सुधार गृह ?

मानवअधिकार तथा शान्ति समाजको १९औं साधारणसभा तथा ११औं अधिवेशन, सभापतिमा गौतम चयन

Related posts