धादिङको गजुरीमा बस दुर्घटनाः आठ जनाको मृत्यु

काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका–२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । धौलागिरी यातायात प्रालिद्धारा सञ्चालित प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो ।

बसमा टिकट काटेर म्याग्दीका ६ जना यात्रु सवार रहेको बुझिएको छ । पोखरा, पर्वत र बागलुङका सहित म्याग्दीका टेकबहादुर जि,अन्जु राना, प्रविन पुन, पुनम रहेका छन् । यात्रुको ठेगाना खुलेको छैन । बसका चालक समेत म्याग्दीकै दिपक ठकुरी र सहचालक रोशन हुन् । ‘अहिलेसम्म यात्रु र चालकको पहिचान हुन सकेको छैन,‘टिकट काटेका बाहेक पनि म्याग्दीका हुनसक्छन’ उद्धारमा खटिएका एक ब्यक्तिले भने ।

म्याग्दी कोरला कम्पनीले बस संचालन गरेको थियो । कम्पनीका अध्यक्ष मोहन केसीका अनुसार दुर्घटनामा परेको उक्त बस गण्डकी – धवलागिरी यातायात प्रा.लिबाट संचालित थियो । केसीका अनुसार २३ सिट क्षमताको यो बस काठमाडौँबाट विहान ७ बजे २० जना यात्रु लिएर हिडेको थियो । जसमा म्याग्दी बेनीका लागि ६ जनाले
टिकट काटेका थिए ।

उनका अनुसार चालक समेत बससँगै खसेको अनुमान गरिएकाले अहिले सम्पर्कविहिन छन् । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् । घाइते ८ जनाको उद्धार भएको छ। घाइते पाँच जनालाई काठमाडौं पठाइएको छ । गजुरीको छहरानजिकैबाट त्रिशुलीमा बस खसेको थियो । बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ । घाइतेहरूको उद्धार गरी, गजुरी स्वास्थ्य चौकी, गजुरी अस्पताल र राजमार्ग अस्पतालमा उपचार भइरहेको छ ।

You can share this post!

मल्कबाङ समाज युकेको अध्यक्षमा शेर छन्त्याल चयन

धादिङ बस दुर्घटना उपडेटः १३ जना गम्भिर घाईतेलाई काठमाडौँ लगियो

Related posts