नेकपाका नेताहरु पुष्प कमल दाहल (प्रचण्ड) र माधव कुमार नेपाल पक्षधरका नेता तथा गण्डकी प्रदेशका पार्टीका इन्चार्ज देवेन्द्र पौडेलल प्रधान मन्त्रीले रातारात प्रतिनिधीसभा विगठन गरेको कुरा थाहापाए पछी आफुहरु सपनाबाट विउँझिएको बताउनु भएको छ ।
एकता तिर समृद्धिको नारा र सबैको सहयोग थियो भने अर्काे तिर पार्टीमा केही साथिहरुले केही विषयमा लिएर उठाएको कुराहरुमा छलफल चलाइरहेका बेला प्रधानमन्त्रीले रातारात संसद विगठन गरेपछि मात्रै आफुहरुले थाहा पाएको नेता पौडेलले बताउनु भयो । नियम कानुन र पद्धतिले २ बर्ष सम्म संविधान विगठन गर्न नपाउने भन्दै नेता नेपालले कानुनमा प्रतिनिधिसभा विगठन गर्ने प्रावधान नरहेको बताउनु भयो ।
उहाँले सरकारलाइ काम गर्न नदिएको भन्दै केपी ओलिले गलत आरोप लगाएको बताउँदै प्रतिनिधीसभा विगठनले जनभावनामा ठेस पु¥याएको बताउनु भयो । संविधान निमार्ण गर्दा प्रतिनिधि सभामा प्रधानमन्त्रीले मात्रै संसद विगठन गर्न नपाउने र २ वर्ष सम्म अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउने शव्दको प्रस्तावक सुबासचन्द्र नेमाङ्ग र अग्नी खरेल पनि ओलि पक्षमा नै रहेको उहाँले बताउनु भयो ।
त्यसैगरी नेकपा प्रचण्ड माधव पक्षकै नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा कार्यकर्ताको मनोभावना विपरीत २ अध्यक्ष बनाएर सरकारको अंङ्गहरु प्रधानमन्त्री, राष्ट्रपती, राष्ट्रिय सभाको अध्यक्ष, उपसभामुख, संवैधानीक निकाय, राजदुत, निर्वाचन आयोग देखि न्यायलय सम्म आफ्नो मान्छे भर्ती गरेको आरोप लगाउनु भयो ।
उहाँले प्रधानमन्त्रीले कब्जा गरेको निकायको जानेर वा नजानेर प्रचण्ड पनि त्यसको सांच्छि भएको बताउनु भयो । न्यालयमा केपीओलिका न्यायधीवत्ताहरु प्रधानन्यायधीस बन्ने लाइनमा संख्या, क्रमसंख्या, वरियता गनेर बसेको बताउनु भयो । न्यायपरीषध देखि संसद सचेतक सम्म वलीले आफ्नो मान्छे राखेर पार्टीमा बल्याकमेलिङ्ग गरीरहेको उहाँले बताउनु भयो । उहाँले संसद पुन स्थापना गर्नका लागि आफुहरु मरेर लाग्ने र संसद पुनस्थापना गराएर नै छोड्ने बताउनु भयो । कार्यक्रम शुरुहुनु पुर्व गाउँगाउँबाट प्रचण्ड, माधव पक्षका कार्यकर्ताहरु बेनीमा झरेर संसद पुर्नरगठनको माग गर्दै नारा जुलुस लगाएर बेनी बजार परिक्रमा गरेका थिए ।