अन्तराष्ट्रिय बाल दिवसको अवसरमा बक्तृत्वकला प्रतियोगीता सम्पन्न

म्याग्दी । ३२ औँ अन्तराष्ट्रिय बाल दिवस २०७८ को अबसरमा बेनी नगरपालिकाको आयोजना र सामाजिक बिकास कार्यालय म्याग्दीको समन्वयमा कोभिड १९ ले बाल मनोबिज्ञानमा पारेको असर र समाधानका लागि सरोकारवालाहरुको भूमिका बिषयक माध्यामिक बिद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ ।

शनिबार बेनी नगरपालिकाको सभाहलमा आयोजित प्रतियोगीतामा न्यू वेस्ट प्वाइन्ट आवासीय माविका प्रज्वल मल्ल प्रथम, गलेश्वर माविकी प्रीया शर्मा द्वित्तिय, प्रकाश माविका समिर सुवेदी तृतिय र जडभरत शालग्राम संस्कृत माविका शंकर पौडेलले सान्त्वना स्थान हाँसिल गरेका छन ।

प्रतियोगीतामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुनेलाई क्रमश पाँच हजार, चार हजार, तिन हजार र दुई हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको बेनी नगरपालिकाका अधिकृत युवराज थापाले जानकारी दिनुभयो । प्रतियोगीतामा बोल्दै बेनी नगरपालिकाका उप प्रमुख सञ्जु बरुवालले बिद्यार्थीहरुमा बोल्ने कलाको बिकास गराउनका लागि नगरपालिकाले बक्तृत्वकला प्रतियोगीताको आयोजना गरेको बताउनुभयो ।

किताबी ज्ञान संगै बिद्यार्थीहरु अन्य क्षमता अभिबृद्धिका गतिविधिमा पनि सक्रिय हुनुपर्ने उहाँको भनाई थियो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, सामाजिक बिकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बिद्यार्थीहरुलाई जागरुक बनाउने खालका कार्यक्रमहरु बिद्यालय तथा अन्य संघ संस्थाहरुले पनि निरन्तर संचालन गर्न आबश्यक हुने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा जिल्लाका विभिन्न १४ वटा मावि बाट २५ जना बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

You can share this post!

माओबादी केन्द्र म्याग्दीको रघुगंगा २ भगवतीमा वडा कमिटी गठन

Related posts