निवन्धलेखन प्रतियोगितामा न्यू वेस्ट पोइन्टका जिसी प्रथम

म्याग्दी । ‘म्याग्दी जिल्लाको आर्थिक सामाजिक रुपान्तरणमा देखिएका समस्या अवसर र भावि मार्गचित्र’ विषयक निवन्ध लेखन प्रतियोगितामा न्यू वेस्ट पोइन्ट माविका दीक्षित जिसी प्रथम हुनुभएको छ ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सामाजिक विकास कार्यालय म्याग्दीले मंगलबार आयोजना गरेको विद्यालय स्तरीय निवन्धलेखन प्रतियोगीतामा उक्त विद्यालयको कक्षा १० मा अध्ययनरत जिसी प्रथम हुनुभएको हो ।

प्रतियोगितामा प्रकाश माध्यामिक विद्यालय बेनीका गृष्मा जिसी द्वित्तिय र सर्वोदय मावि भुरुङ तातोपानीका अंकिता शेरचन तृतिय हुनुभएको छ । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र सहितको पुरस्कार प्रदान गरिने सामाजिक विकास कार्यालयले जनाएको छ ।

विद्यार्थीको अन्तरनिहित ज्ञान र क्षमताको प्रस्फुटन गराउने उद्देश्यले निवन्धलेखन प्रतियोगिताको आयोजना गरिएको सामाजिक विकास कार्यालय म्याग्दीका सामाजिक विकास अधिकृत रमेश थापाले बताउनुभयो ।

हरेक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म मनाईने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यस बर्ष सामाजिक विकास कार्यालयले जिल्लाका विभिन्न संघ संस्थाहरु संग सहकार्य गरि सचेतनामूलक कार्यक्रमहरु संचालन गरिरहेको छ ।

 

You can share this post!

अन्नपूर्णको घारमा बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना

स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना गर्न आयोगको निर्देशन

Related posts