आज ईस्वी संवतको नयाँ वर्ष, नेपालमा टोपी दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ वर्ष २०२२ लाई विशेष तरिकाले मनाउन लागिएको हो ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाहरूले २०७० सालदेखि टोपी दिवस मनाउन थालेका हुन् ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल, स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्युचोली राष्ट्रिय जागरण अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपाल लगायतका संघसंस्थाले राजधानीको माइतीघरमा भेला भएर उक्त दिवस मनाउने गरेका छन् ।

अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवर्द्धन गर्ने र देशभित्र पनि आफ्नो संस्कृतिको प्रवर्द्धन र प्रसार गर्न मद्दत पुर्‍याउने उद्देश्यले टोपी दिवस मनाउन लागिएको बताइएको छ ।

You can share this post!

म्याग्दीकाली संचार सहकारी संस्थाको चौँधौ बार्षिक साधारण सभा सम्पन्न

म्याग्दीका पत्रकारका लागि क्षमता बिकास तालिम शुरु

Related posts