म्याग्दी । महिलाहरुले सञ्चालन गरेका सहकारीहरुको संस्थागत विकासका लागि बेनीमा दुई तिने आधारभूत तालिम सुरु भएको छ ।
समाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा प्रबन्ध र जिल्ला सहकारी संग म्याग्दीको आयोजनामा सोमबार देखी उक्त तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसीले समाजलाई सक्षम बनाउन, मुलुकको अर्थ व्यवस्थालाई बढाउन, अर्थतन्त्रको दिगो विकासका लागि सहकारीहरुको मुख्य भुमिका रहेको बताउनुभयो ।
उहाँले समाजको अर्थतन्त्रको विकासका लागि गाउँ गाउँमा स्थापना भएका सहकारीहरुले महत्वपूर्ण भुमिका खेलेको भन्दै त्यसको दिगो विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले महिलाहरुको आयआर्जनमा टेवा पुराउनका लागि तालिमको आयोजना गरिएको बताउनुभयो । दुई दिन सम्म सञ्चालन हुने तालिमको मुख्य सहजकर्तामा तेजेन्द्र थापा रहनुभएको छ ।
कार्यक्रममा जिल्लाका छ वटा स्थानीय तहका करिब २० सहकारीको सहभागिता रहेको जिल्ला सहरकारी संघकी सचिव ज्योती लामिछानेले जानकारी दिनुभयो ।
कार्यक्रम जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष दिपक कार्कीको अध्यक्षता र सचिव लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो ।