निर्वाचनको तयारी, प्रशिक्षणमा जुट्यो एमाले

म्याग्दी । नेकपा एमाले म्याग्दीले निर्वाचन लक्षित कार्यक्रमलाई तिव्रता दिएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा एमाले नगर तथा पालिका कमिटिले अगुवा कार्यकर्ता प्रशिक्षणलाई तिव्रता दिएको हो ।

शनिबार नेकपा एमाले बेनी नगर कमिटिले पार्टि कार्यालय हाँडेभिरमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापा, प्रदेश कमिटि सदस्य सन्तोष रावल, जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरज केसीले प्रशिक्षण दिनुभएको थियो ।

उहाँहरुले राष्ट्रिय राजनीति तथा पार्टिले अवलम्वन गरेको नीति, माक्र्सवाद लेलिनवाद, जनताको वहुदलिय जनवाद, पार्टि संगठन र जनवर्गीय संगठनको अन्तरसम्वन्ध, स्थानीय निर्वाचन २०७९ को तयारी लगायतका बिषयमा नगरका अगुवा कार्यकर्तालाई प्रशिक्षण गराईएको नेकपा एमाले बेनी नगर कमिटि अध्यक्ष नारायण जिसीले जानकारी दिनुभयो ।

कार्यक्रममा केन्द्रिय सदस्य थापाले मेरो वडा म जिताउँछु अभियान लिएर गाउँगाउँमा जानका लागि नगरका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । थापाले स्थानीय तहको निर्वाचनमा जनभावनाका कार्यक्रमलाई एजेन्डाको रुपमा समेटेर बस्ती बस्तीमा पुग्नेगरि तयारी थाल्न पनि अनुरोध गर्नुभएको छ ।

प्रशिक्षणमा बेनी नगरका दशवटै वडाबाट करिव डेढ सय जना नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नगरकमिटि अध्यक्ष जिसीको अध्यक्षता, उपसचिव लक्ष्मण कटुवालको स्वागत र सचिव सुवास विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै शनिवार म्याग्दीको दरवाङमा मालिका गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पार्टिको नीति कार्यक्रम, सिद्धान्त तथा महाधिवेशनको फैसलाको बिषयमा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ र स्थानीय तह निर्वाचनको तयारी बिषयमा जिल्ला कमिटि उपसचिव राजकुमार थापाले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया विटालु, सचिवालय सदस्य सिता गुरुङ, विशाल गर्वुजा, मोतिराज गौतम, जिल्ला कमिटि सदस्य सोम बहादुर बिश्वकर्मा, पालिका कमिटि, वडा कमिटिका पदाधिकारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यसैगरि अखिल नेपाल महिला संघ रघुगंगा गाउँपालिका वडा नं २ भगवतिमा मिना भण्डारीको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटि गठन भएको छ । कार्यक्रममा निर्वाचनलाई केन्द्रित गरि प्रशिक्षण समेत दिइएको छ ।

कार्यक्रममा अनेमसंघका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष थमसरा पुनको प्रमुख आतिथ्यता, र नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्र कटुवालको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रम अनेमसंघ रघुगंगा गाउँपालिका कमिटि अध्यक्ष यामकुमारी गर्वुजाको अध्यक्षता र सचिव दिपा पुनको संचालनमा सम्पन्न भएको थियो ।

त्यस्तै मंगला गाउँपालिका ५ छिस्वाङमा पनि अनेमसंघको टोल कमिटि गठन गरिएको छ । एमाले म्याग्दीले गतसाता नेकपा एमालेका केन्द्रिय उपमहासचिव प्रदिप ज्ञवालीद्वारा जिल्लाका अगुवा कार्यकर्ताहरुलाई चुनावी रणनीतिका बिषयमा प्रशिक्षण गराएको थियो ।

You can share this post!

सरस्वती आधारभूतमा डेढ लाखको अक्षयकोष

डेढदशक अघि परिकल्पना गरिएको रावर्ण पार्कको योजना अघि बढ्यो

Related posts