टुकुचे हिमालबाट हिउँ पहिरो खस्यो, दुई जना घाईते भिडियो सहित

मुस्ताङस्थित टुकुचे पिकमा हिउँ पहिरो खसेको छ । हिउँ पहिरोसहित धुँलो खसेकोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको छ । हिउँ पहिरोका कारण स्थानीय त्रसित बनेका छन् । यसअघि यति ठूलो पहिरो खसेको अनुभव नभएको मुस्ताङका स्थानीय पेमा तेसेनले बताउनुभयो ।

https://youtu.be/uzs86wynYLA
हिउँ पहिरो खस्दा कोबाङका दुई जनाको खुट्टा भाँचिएको छ । करिब ३० मिनेटसम्म झरेको पहिरोका कारण डराएर स्थानीयले भागदौड मच्याएका थिए । कोवाङ, लार्जुङ र नाउरीकोट क्षेत्रमा स्थानीय डरले भागेका थिए । भागदौडका क्रममा स्थानीय जनआर्दश अमरसिंह माविका शिक्षक र विद्यार्थीको खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

पठनपाठन चलिरहेका बेला पहिरो खसेपछि उनीहरू कक्षाकोठा छोडेर भागेका हुन् । पहिरोको जोखिम अझै कायम रहेकोले नजिकका घरमा बसिरहेका नागरिकहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । विद्यार्थीलाई समेत अन्तै लगिएको मुस्ताङ प्रहरीले जनाएको छ ।

You can share this post!

बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने

गण्डकी अस्पतालमा सिटि स्क्यान तत्काल ब्यबस्थापन गर्न अनेरास्ववियुको माग

Related posts